१८ औं सस्करणको आहा रारा गोल्डकपमा थ्रीस्टार क्लब सेमिफाईनलमा प्रबेश गरेको छ । पाहुना टोली गान्तोक फुटबल क्लबलाई ३ –० गोलले पराजित गर्दै आहाको सेमिफाईनल प्रवेश गरेको हो । पाहुना टोलीले थ्रीस्टारलाई पहिलो हाफ गोल रहित बराबरीमा रोक्दै उत्कृष्ट लय प्रस्तुत गर्यो ।
७९ औं मिनेटमा आएर थ्रीस्टारलाई सफलता मिल्यो । सन्जोक राईले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । निशान खड्काको पासमा मैदानको मध्यभागबाट बल अघि बढाउदै सन्जोकले एकल प्रयासमा गोलरक्षक निम्डुप लेप्चालाई कुनै मौका नै नदिई गोल गरे ।
८५ औं मिनेटमा छिरिङ लेन्डुप भुटियाले सिधै पोस्टमा गरेको लामो प्रहारलाई थ्रीस्टारका गोलरक्षक पुर्ण चेम्जोङले मुस्किलले बचाउदै बराबरी टारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुशान श्रेष्ठले गोल गर्दै थ्रीस्टारको जित पक्का गरे । लगत्तै सुशानले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रीस्टारको ३(० को जित सुनिश्चित बनाए ।

Related