सकसमा लघुकर्जा ; अस्वस्थ प्रतिशपर्धाले थाला पर्दै बित्तीय संस्था
"नियमित तिर्नूपर्ने किस्ता समयमै बुझाउन सकस भएपछि कतिपय ऋणीहरु तनाबमा "
तपाईको प्रतिक्रिया





स्थानीय तथा ग्रामिण भेगमा केन्द्रीत रहेर बैक तथा बित्तीय संस्थाहरुले सञ्चालन गरेका लघुवित्तको सकसमा सर्वसाधारण नागरिक पर्न थालेका छन् ।
सहज रुपमा बैक तथा बित्तीय संस्थाहरुले प्रबाह गर्दै आएको लघुबित्तको चर्को ब्याजका कारण नियमित तिर्नूपर्ने किस्ता समयमै बुझाउन सकस भएपछि कतिपय ऋणीहरु तनाबमा परेका छन् ।
घरखर्च चलाउन लघुबित्तमार्फत ऋण लिएका गुल्मी रुरु गाउँका महिलाहरु यतिखेर ऋण तिर्न नसक्दा बनाबमा परेका छन् ।लघुवित्तका कर्मचारी आउने थाहा पाए पछि समुहमा वसेका ऋण सदस्यहरु घरको ढोका थुनेर भाग्न थालेको महिनौ भइसकेको छ।
रुरु गाउंपालिकाका महिलाहरुले आफुले लिएको कर्जाको किस्ता धान्न नसकेर कोहि माइत गएका छन भने कोहि भारत तिर पसेको पाइएको छ ।
सामाजिक, आर्थिक ,शैक्षिक रुपान्तरण गर्दै विपन्न महिलालाइ नेतृत्व विकास गराउने र सरकारको गरिवी निवारण कार्यक्रमलाइ सहयोग पु¥याउने उद्धेस्यले नेपालमा लघुकर्जा कार्यक्रमको शुरुवात भएको ३ दशक भन्दा वढि भइसकेको छ ।
यि तिन दशकमा सरकारी तथा निजी स्तरवाट करिव ८० भन्दा वढि संघ संस्था र वैंकहरुले देशभर लघुकर्जा कार्यक्रम सञ्चालन गरिरहेका छन । उनीहरले लघुकर्जा मार्फत खरवौंको लगानी गरिरहेका छन् ।
लघुकर्जा कार्यक्रम यतिवेला शहर संगै ग्रामीण क्षेत्रमा समेत केन्द्रित छ । मुख्यगरी समुहमा विनाधितो कर्जा लगानीले महिलालाइ लघुकर्जा कर्जा कार्यक्रम प्रति आकर्षित त गरेको छ नै संगसगै यो कार्यक्रमले विकृति पनि निम्त्याएको छ ।
सजिलै समुहमा आवद्ध भएपछि विनाधितो कर्जा पाइने र घर दैलोवाटै तिर्न पनि सजिलो त भएको छ तर एकै प्रकृतिका संस्थाहरु एकै ठाउंमा पैठेजोरि खेल्दै लगानीका लागी तंछाडमछाड गर्दा महिलाहरुमा आर्थिक अनुशासनको अवस्था खस्किएको छ । त्यो मात्र होइन लघुकर्जा कार्यक्रमको सेवा पनि अप्पठ्यारोमा परेका छ ।
ग्रामीण क्षेत्रमा लघुकर्जा कार्यक्रमले आर्थिक कारोवारको पहुंच पु¥याएको छ । कार्यक्रम सञ्चालनले नेतृत्व विकास पनि राम्रै संग गराएको छ। तर, धेरै लघुवित्त संस्थाहरुले एउटै क्षेत्रमा सहजरुपमा एकै प्रकारका कर्जा प्रबाह गरेपछि धेरै सस्थाबाट पैसा लिने तर कुनै व्यवसाय नगरी दुरुपयोग गरेर किस्तानै तिर्न नसकेर महिलाहरु गाउं घरवाट विस्थापित हुने गरेका छन् ।
पछिल्लो पटक सोझा सिधा महिलाहरुलाइ समुहमा सामेल गराउने र सवैको कर्जा एउटैले चलाउने गरेका दर्जनौ घटना पनि सार्वजनिक भएका छन ।जसको कारणले पछिल्लो चरणमा लघुवित्त सञ्चालन गर्ने संस्थाहरुको निष्कृय कर्जाको दर पनि अत्यधिक रुपमा वढेको पाइएको छ ।
लघुकर्जामा देखिएको आर्थिक अनुशासनमा कमिको कारण एकतिर समुहमा आवद्ध महिलाहरु अप्ठ्यारोमा छन भने अर्को तिर लघुवित्त कार्यक्रम सञ्चालन गर्ने संंस्थाको पनि वेहाल हुन थालेको छ ।
धेरै लघुवित्तको उपस्थीति र लघुकर्जामा विकृति आउन थाले पछि लघुकर्जा कार्यक्रममा जोडिएका महिलाहरुले नै लघुकर्जा कार्यक्रम प्रति बिचलन आउन थालेको वताएका छन । रुरुक्षेत्र गाउं पालिका वडा न ३ थोर्गा की लिला मगर लघुकर्जाको ऋणले चुर्लुम्म डुवेकी छन ।
उनको दर्जनौ लघुवित्तमा गरि करिव सात लाख ऋण छ ।सजिलो कर्जा भनेर पहिले उनले एउटा लघुवित्त संस्थावाट कर्जा लिइन तर उनको वस्तीमा विस्तारै दर्जनौ यस्ता संस्थाका कर्मचारी आएर पहिले वनाएको लघुवित्तका रेडिमेड समुहमा लगानी गर्न थाले ।
‘शुरुमा एउटामा वसियो कर्जा पनि लिइयो तर पछि आउनेले सेवासुविधाको लोभदेखाए। पेन्सन हुन्छ भनेर फकाएर जर्ववस्ती ऋण दिएपछि यो समस्या आयो’ उनले भनीन् । ‘कर्मचारीहरुले कुन ब्यवसायमा लगानी गर्नु हुन्छ ?भनेर पनि सोधेन् ।’
उनले धेरै संस्थावाट कर्जा लिने र किस्ता तिर्ने वेलामा लुक्नुपर्ने अवस्था गाउंघरका महिला दिदिबहिनीहरुमा रहेको वताइन ।
हिजोआज संघसस्थाका कर्मचारीहरुले दैनिक जसो घरमा आएर दवाब दिने गरेको उनले बताइन् ।‘कर्मचारी घरमा आएर तथानाम बोल्दछन् । पुलिस लगाउने धम्की दिन्छन् ।भैंसी वाख्रा लान्छौं भन्छन्’ उनले भनीन्। ‘उनीहरुको धम्किले विछिप्त मात्र होइन मानसिक रोगी समेत बनायो।’
लिला मगर जस्तै दर्जनौ महिलाहरुको समस्या एउटै हो ।लघुकर्जाका कर्मचारीले थाल खाउंकी भात खाउंको अवस्था वनाएपछि एकएक गरेर गाउं छाड्नुको विकल्प देखेका छैनन यहांका महिलाले । धेरै संस्थबाट कर्जा लिंदा सामाजिक रुपमा पनि अवहेलना हुने त्यसको असरले पारिवारिक अवस्थामा समेत दरार आएपछि गाउँ नै छोडेर भाग्ने अवस्थामा महिलाहरु पुगेका हुन ।
रुरुक्षेत्रको रिडीदेखि वलेटक्सार र रानिवास सम्म दर्जनौ लघुवित्त संस्थाहरु रहेका छन करिव एक अरव भन्दा वढिको लागानी यो क्षेत्रमा रहेको पाइएको छ ।
समस्या कहां छ त?
लघुवित्त सस्थाहरुको अस्वस्थ प्रतिष्पर्धाले नै समुदायमा समस्या निम्त्याएको छ ।बंगलादेशका अर्थशास्त्री प्रोफेसर मोहम्मद युनुशले शुरु गरेको ग्रामीण वैंक पद्धतिको लघुकर्जा यतिवेला नेपालमा पुर्णरुपले असफल छ ।
उनले गरिबि निवारणको अचुक अस्त्रको रुपमा व्याख्या गरेको मोडलले नेपालमा गरिबी निवारण होइन महिलालाइ गरिबीको आवरण ओढाएका सयौं प्रमाण छन । उनले भनेका थिए ‘अनुशासन विनाको कर्जा दान हो निश्चय पनि अहिले नेपालमा यस्तै भएको छ ।’
लघुकर्जा कार्यक्रम सञ्चालन गर्ने संस्थाले मनपरि रुपमा ग्रामीण क्षेत्रमा लगानी गनू ,एउटै ब्याक्तीलाई दर्जनौ लघुवित्त संस्थाले विना परियोजना लगानी गर्नू मुख्य समस्याका रुपमा देखिएको छ ।
संघसंस्थाले लघुकर्जाको किस्ता तिराउन ताकेता गरेपछि गाउंघरमा मिटर व्याजको व्यपार चलेको स्थानीय बताउँ छन। दैनिक ३० देखि ४० प्रतिशत सम्म व्याजमा किस्ता तिर्न रकम लगानी गर्ने गरेको स्थानीयको गुनाशो छ।
लघुकर्जाको अनियन्त्रीत लगानीले ग्रामीण क्षेत्र महिलाहरुको जीवनस्तरमा देखावटी सान वढेको,विलासिता मौलाएको ,खानपान रहनसहनमा परिवर्तन भएको ,निवेक मजदुरीको सट्टा महंगा मोवाइल ,नाक कान भरी सुन लगायतका तडकभडकको दिनचर्या गर्नाले कर्जाको दुरुपयोग गर्नेको संख्यात्मक बृद्धी भएको रुरुक्षेत्र ३ का यज्ञमुर्ति ज्ञवाली बताउँ छन् ।
स्थानिय निकाएको चासो
लघुवित्तसंस्थाको अनियन्त्रीत लगानीले महिलाहरु समस्यामा परेपछि रुरुक्षेत्र गाउंपालिले ध्यान आकर्षण भएको जनाएको छ ।
लघुकर्जा कार्यक्रमले गाउंपालिका भित्र समन्वय विना अन्धाधुन्ध लगानी गरि जनतालाई समस्यामा पार्ने खालको अवस्था आएपछि गाउंपालिका भित्रका सवै लघुकर्जा कार्यक्रम सञ्चालन गर्ने संस्थाका प्रतिनिधी वोलाएर छलफलको तयारी गरेको रुरुक्षेत्र गाउंपालिकाका अध्यक्ष निलकण्ठ गौतमले वताए ।
एकै प्रकृतिका वित्तीय संस्थाहरु स्थानिय निकायमा सञ्चालन भएपनि उनीहरुले के कस्ता कार्य गरिहेका छन् भन्ने तथ्यांक स्थानीय निकायमा नरहेको गौतमले बताए।
Related