६ रुपैया पर्ने सर्जिकल मास्कलाई ३० रुपैयाँमा बेचेर कालोबजारी गर्ने धनगढीको मुख्य बजारमा रहेको न्यू शुशील श्रृङ्गार पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीले २ लाख जरिवाना गरेको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीले सोमबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी बजारमा गरेको श्रृङ्गागार पसलको अनुगमनको क्रममा न्यू शुशील श्रृङ्गार स्टोरले ६ रुपैंया पर्ने मास्कलाई ३० रुपैंयामा बेच्ने गरेको, श्रृङ्गारका सामाग्रीमा लेबल नतोकिएको, म्यादगुज्रेका सामाग्री बेचेको पाइएपछि पसल सञ्चालन सन्ध्या अग्रवाललाई नियम अनुसार कारवाही गरिएको कार्यालय प्रमसख कमल पुनले बताए।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८, ङ का आधारमा कसुर खण्डको १ (ख) बमोजिम उनलाई अनुगमन स्थलमै दुई लाख जरिवाना गरिएको वाणिज्य कार्यालय कैलालीका प्रमुख पुनले बताए।
सो दफा अनुसार उपभोक्तालाई ठगी गरेमा, उपभोग्य वस्तुको कालोबजारी गरेमा दुईलाख देखी तीनलाख सम्म जरिवाना गर्ने सकिने प्रावधान रहेको छ। शुशील श्रृंगार पसलमा वाणिज्य कार्यालयका कर्मचारी ग्राहक बनेर जाँदा पशल सञ्चालन अग्रवालले ६ रुपैया पर्ने मास्क ३० रुपैयामा बेचेका थिए।
कार्यालय प्रमुख पुनले धनगढीका अन्य श्रृङ्गार पसल तथा केही फार्मेसीमा समेत अनुगमन गरेको तर कसुर नभेटिएको बताए।

Related