चितुवाको आक्रमणबाट ७ वर्षीय बालक गम्भीर घाइते, पोखरामा उपचार हुँदै
"विवाह भोजमा जान हिँडेका नेपालीलाई बाटोमा चितुवा आक्रमण "
तपाईको प्रतिक्रिया





चितुवाको आक्रमणबाट तनहुँमा एक बालक घाइते भएका छन् । घाइते हुनेमा बन्दीपुर गाउँपालिका–५ याम्पाका ७ वर्षीय अनुप नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घर नजिकै आमासँग विवाह भोजमा जान हिँडेका नेपालीलाई घरदेखि अन्दाजी एक किमी टाढा बाटोमा चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए । चितुवाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ । बालकको अवस्था गम्भीर रहेको र उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
तनहुँ चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ । बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट ९ बालबालिकाले ज्यान गुमाएका छन् ।
Related