४० करोडको लागतमा तनहुँमा औषधि उद्योग स्थापना हुँदै
"विश्व स्वास्थ्य संगठन अन्तरगतको डब्लुएचओ स्डान्डर्स भित्र रहेर उत्पादन गर्ने "
तपाईको प्रतिक्रिया





तनहुँमा ४० कारोडको लागानीमा औषधि उद्योग स्थापना हुने भएको छ ।पोखराका विभिन्न क्षेत्रमा आबद्ध १० जना युवा ब्यवसायीको लगानीमा व्यास नगरपालिका स्थित सेवरमा ‘पोखरा फर्मास्वीटिकल्स प्रालि’ नामको औषधि उद्योग स्थापना हुने लागेको हो ।
उद्योगको भौतिक संरचना निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ । फर्मास्वीटिकल्सका अध्यक्ष कालीदास पौडेलले ४० कारोडको लागतमा औषधि उद्योग स्थापना गर्न लागेको बताए ।
उनले दुइबर्ष भित्र उद्योगको भौतिक संरचना निर्माण गरेर आवस्यक उपकरण जडानगरी औषधिको ब्यसायीक उत्पादन थाल्ने योजना रहेको बताए ।‘फर्मास्वीटिकल्स कम्पनीबाट पहिलो चरणमा विभिन्न ३० प्रकारका औषधिहरुको उत्पादन गर्ने योजना बनाएका छौं’उनले भने ।‘यसमा समान्य पारासिटामोल देखि एन्टिबायोटिक्स सम्मका औषधि उत्पादन गर्ने योजनामा छौ।’
अध्यक्ष पौडेलले विश्व स्वास्थ्य संगठन अन्तरगतको डब्लुएचओ स्डान्डर्स भित्र रहेर उत्पादन गर्ने बताए। ‘हामीले उत्पादन गर्दा विश्व स्वास्थ्य संगठनले तोकेको प्रक्रिया भित्र रहेर गुणस्तरिय उत्पादन गर्ने छौ’ उनले भने । जसमा गुणस्तरिय उत्पादन, भौतिक संरचना र अत्याधुनिक उपकरणको प्रयोग हुने छ।’
विश्व स्वास्थ्य संगठन अन्तरगतको डब्लुएचओ स्डान्डर्समा रहेर उत्पाादन गर्दा विश्व स्वास्थ्य संगठनले तोकेको स्टाण्डर्स अनुसारको भौतिक संरचना (उत्पादन गर्ने भबन र उपकरण फरकफरक) ठाउँमा स्थापन भएको हुनुपर्दछ।
फर्मास्वीटिकल्सका निर्देशक रबि बरालले पोखराका विभिन्न क्षेत्रमा आबद्ध युवाहरुको अगुवाइमा औषधि उद्योग स्थापना गर्न थालिएको बताए। उनले फर्मास्वीटिकल्स संग सम्वन्धित अध्यायन र कोरियाका औषधि उद्योगमा काम गरेका अनुभबी ब्याक्ती देखि विभिन्न क्षेत्रका सफल ब्यवसायीको लगानीमा उद्योग स्थापना गर्न लागेको बताए। ‘सम्वन्धित क्षेत्रमै बिषेशज्ञता हाशिल गरेका युवाहरुको संलग्नतामा उद्योग स्थापना गर्ने योजना बनाएका हौ’ उनले भने ।
निर्देशक बरालले उद्योगबाट पहिलो चरणमा एण्टिबायोटिक्स सहित ३० प्रकारका औषधि उत्पादन गरिने बताए । ‘पहिलो चरणमा तीस प्रकारका जनरल औषधि उत्पादन गर्ने छौ’ उनले भने ।‘दोस्रो चरणमा मुटु रोगसंग सम्बन्धित औषधि सहित अन्य उत्पाादन गर्ने योजनामा छौं।’ त्यसै गरि क्रमश अन्य सुगर (चिनीरोग) लगायतका औषधि उत्पादन गर्ने निर्देशक बरालले बताए।
उद्योगबाट उत्पादित औषधिको मुख्य बजार गण्डकी प्रदेश सहित नेपाल भरी हुने उनले बताए। उद्योगमा कालिदास पौडेल, रवि बराल, बनमाली आचार्य,इन्द्र बानिया,डा. प्रकास थापा, डा. सुजन सिग्देल र एक जना महिला सहित १० जनाको लगानी रहेको छ।
४५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगको भवन निर्माण र उपकरण जडानको कार्य निर्धारित समयमा नै सम्पन्न गरिने निर्देशक बरालले बताए।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्योगमैत्री वातावरण सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले सरकारले उद्योगमैत्री वातावरण निर्माण गरेकाले पछिल्ललो समयमा व्यास नगरपालिका भित्र विभिन्न उत्पादनमूलक उद्योगहरु सञ्चालनमा आएको बताए।
नगर प्रमुख न्यौपानेले नगर भित्र उद्योग सञ्चालन गर्न चाहने उद्योगीव्यवसायीलाई नगरपालिकाले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताए।
Related