कांग्रेसकाद्धारा तेस्रो दिन पनि गण्डकी प्रदेशसभाको सदन अवरुद्ध
"निर्वाचन पूर्वाधार विकास क्षेत्र कार्यक्रममा मुख्यमन्त्रीले एकलौटी गरेको भन्दै बैठक अवरुद्ध "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रवारको प्रदेश सभाको बैठक पनि अबरुद्ध गरेको छ । उसले लगातार तीन दिनसम्म संसद बैठक अबरुद्ध गरेको हो ।
कांग्रेसले निर्वाचन पूर्वाधार विकास क्षेत्र कार्यक्रममा मुख्यमन्त्रीले एकलौटी गरेको भन्दै बैठक अवरुद्ध गर्न बाध्य हुनुपरेको बताएको छ ।
नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले निर्वाचन क्षेत्र विकास कार्यक्रममा भएको एकलौटी र प्रत्यक्ष तथा समानुपातिक सांसदबीच गरिएको बिभेदबारे संसदमा जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ को क, पर्वत क्षेत्र नम्बर १ को क, बागलुङ क्षेत्र नम्बर १ को क र नवलपरासी सुस्ता पूर्व क्षेत्र नम्बर १ को ख मा बजेट बाँडफाँड तथा योजना कार्यान्वयनमा सांसदबीच नै सहमति हुन नसक्दा विवाद चुलिएको थियो ।
मुख्यमन्त्री गुरुङले समानुपातिक सांसदले भन्दा प्रत्यक्ष निर्वाचित सांसदले बढी बजेट पाउने र प्राथमिकतामा पर्ने बताएका थिए । सहमति नजुटे प्रदेशकै कार्यालयबाटै योजना छनोट गरेर कार्यान्वयन गर्न मुख्यमन्त्रीले निर्देशन दिएका थिए । कार्यविधिमा सबै सांसदलाई एउटै नजरले हेरिएको भए पनि मुख्यमन्त्री गुरुङले विभेद सिर्जना गरेको कांग्रेसको आरोप छ ।
शुक्रबार बिहान ११ बजेका डाकिएको बैठक कांग्रेसले अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक आइतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरेका छन् ।
Related