• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँमा चितुवाको आक्रमणबाट २१ महिने बालीका घाइते

"आक्रमण लगत्तै आमाले छोरीलाई तानेर बचाउन सफल  "
  •    शुभेच्छा न्यूज  /३ चैत्र २०७६, सोमबार २१:११ ,  प्रकाशीत
  • तनहुँको शुक्लागण्डकीमा पुनः एक बालीकालाई चितुवाले आक्रमण गरेको छ । सोमवार साँझ शुक्लागण्डकी–३ वनकेवा निवासी नारायण न्यौपानेकी २१ महिने सँस्कृति न्यौपानेलाई आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक जगदिश रेग्मीले जानकारी दिए ।

    साँझ आमाले बाथरुममा कपडा धुने क्रममासँगै रहेकी छोरीलाई चितुवाले आक्रमण गरेको थियो । आक्रमण लगत्तै आमाले छोरीलाई तानेर बचाउन सफल भएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

    घाइते बालीकाको दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा सामान्य उपचारपछि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरी निरिक्षक रेग्मीले बताए । बालीकाको पेट, खुट्टासहित विभिन्न अंगमा चोट लागेको छ । बालीकाको अवस्था खतरामुक्त रहको बताइएको छ ।

    गत पुस १३ गते पनि सोहि वडाको वनकेवा रातमाटाका राजु नेपालीको २२ महिने छोरा रविन नेपालीलाई घरकै पिढीँबाट चितुवाले आक्रमण गरी लगेको थियो । भोलिपल्ट घरभन्दा एक किलोमिटर पर ढाङढुङे ठूलोपाखा श्यामपोखरी सामुदायिक वनमा बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो ।

    त्यसयता राटमाटा आसपासका गाउँ वन्केवा, उदेढुंगा, कालीम¥याङ क्षेत्रमा निरन्तर चितुवा देखिरहँदा स्थानिय त्रासमा बाँचेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.