सकसमा लघुवित्त ; समस्या पहिचाहनमा गाउंपालिकाले देखायो अग्रसरता
"विना परियोजना दर्जनौ लघुवित्त संस्थाहरुले यस रुरुक्षेत्र गाउंपालिकाका विभिन्न वडामा लगानी "
तपाईको प्रतिक्रिया





लघुकर्जा कार्यक्रमको चेपुवामा सर्वसाधारण परेपछि रुरुक्षेत्र गाउं पालिकाले आफ्नो क्षेत्र भित्रका लघुवित्त कार्यालयका शाखा प्रवन्धकलाइ गाउंपालिकामा बोलाएर छलफल गरेको छ ।
यसक्षेत्रका दर्जनौ लघुवित्त संस्थाहरुले गाउंपालिका भित्रका विभन्न बस्तिहरुमा विना परियोजना लगानी गरेपछि महिलाहरु किस्ता तिर्ने समस्याले भाग्न थालेपछि गाउंपालिकाले लघुवित्त संस्थाहरु संग समस्याका बारेमा जानकारी लिएको हो ।
विना परियोजना दर्जनौ लघुवित्त संस्थाहरुले यस रुरुक्षेत्र गाउंपालिकाका विभिन्न वडामा लगानी गरेको ,अस्वस्थ प्रतिष्पर्धा भएको ,महिलालाइ किस्ता तिर्न गाह्रो भएको र गाउं छाडेर भाग्न बाध्य भएको जानकारीमा आए पछि लघुवित्त संस्थाहरुलाइ गाउंपालिकामा वोलाएर कुन कुन परियोजनामा के कसरी लगानी गरिएको हो र समस्या कसरी आएको हा भन्ने वारे लघुकर्जा कार्यक्रम सञ्चालन गर्ने संस्थाका कर्मचारीहरु संग जानकारी लिएको रुरुक्षेत्र गाउं पालिकाका अध्यक्ष निलकण्ठ गौतमले बताए।
‘हामीले यो क्षेत्रका सवै लघुवित्त संस्थालाइ गाउंपालिकामा वोलाएका हौ तर केहि मात्र आएका छन’ उनले भने।‘सवैलाइ गाउंपालिका भित्रका कुनकुन क्षेत्रमा के कति र कुन परियोजनामा लागानी गरिएको छ, सवै रिपोर्ट गाउंपालिकामा बुझाउन निर्देशन दिइएका छौं।’
सामाजिक शैक्षिक आर्थिक सचेतना संगै विनाधितो लघुकर्जा लगानी गर्ने लघुकर्जा कार्यक्रम सरकारको गरिवी निवारणमा सहयोगि सावित हुनु भन्दा पनि कर्जामा दोहोरो पना,अनियन्त्रीत लगानी ,र विना परियोजना दर्जनौ लघुवित्त संस्थाहरुले एकै जनालाइ लगानी गरेपछि महिलाहरु किस्ता तिर्न समस्या भएपछि घरवाट भाग्ने समस्या देखिएको छ ।
यसै वारेमा ‘शुभेच्छा न्यूज डटकम’ले ‘सकसमा लघुकर्जा कार्यक्रम’ शिर्षकको समाचार प्रकाशन गरेपछि रुरुक्षेत्र गाउंपालिकाको ध्यान आकर्षण भएको हो ।
सजिलै समुहमा आवद्ध भइसकेपछि विनाधितो कर्जा पाइने र घर दैलोवाटै तिर्न पनि सजिलो त भएको छ तर एकै प्रकृतिका संस्थाहरु एकै ठाउंमा पैठेजोरि खेल्दै लगानीका लागी तंछाडमछाड गर्नाले महिलाहरुमा आर्थिक अनुशासनको अवस्था खस्किएको मात्र होइन लघुकर्जा कार्यक्रमको सेवा पनि अप्पठ्यारोमा परेका छ ।
ग्रामीण क्षेत्रमा लघुकर्जा कार्यक्रमले आर्थिक कारोवारको पहुंच पु¥याएको छ । महिलाहरु माझ कार्यक्रम सञ्चालनले नेतृत्व विकास पनि राम्रै संग गराएको छ।
तर, धेरै लघुवित्त संस्थाले एउटै क्षेत्रमा एकै प्रकारका कार्यक्रम सञ्चालन गरेपछि धेरै अप्ठ्यारो मात्र भएको छैन,धेरै सस्थावाट पैसा लिने तर कुनै व्यवसाय नगर्ने,कुनै परियोजनामा रकम लागानी नगरेपछि किस्ता तिर्न नसकेर महिला गाउं घरवाट विस्थापित हुने लगाएतका घटना सार्वजनिक हुन थालेका छन ।
Related