• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको पामेमा बनाउँदै गरेकोे ड्याममा कार्कीनेटाका पौडेलको शव भेटियो

"घर फर्कने क्रममा ड्यामको पोखरीमा खसेको हुन सक्ने प्रहरीको अनुमान "
  •    शुभेच्छा न्यूज  /६ चैत्र २०७६, बिहीबार २१:१८ ,  प्रकाशीत
  • दुई सातादेखि पोखराको पामेबाट बेपक्ता भएका हरिप्रसाद पौडेल मृत अवस्थामा फेला परेका छन् ।

    पर्वत फलेवार नगरपालिका कार्कीनेटा १ घर भइ हाल पोखरा महानगरपालिका वडानं २४ डाँडाखेत बस्दै आएका ३३ बर्षिय पौडेलको बिहिबार शव भेटिएको हो।

    गोरुलाई औषघि किन्नका लागि फागुन २२ गते बजार गएका पौडेलको शव बेत्यानी (पामे खोला) मा बन्दै गरेको ड्याममा पुरिएको अवस्थामा भेटिएको आफन्त धनप्रसाद पौडेलले जानकारी दिए।

    उनका अनुसार पोखरा महानगरपालिकाले फेवातालको सिरानामा बनाउदै गरेको सिल्टेसन ड्यामको बनाउँदै गरेको पोखरामा ढुङ्गा, गिटीले पुरिएको अवस्थामा पौडेलको शव फेला परेको हो।

    गोरुलाई औषधी किन्न भनेर बजार गएका पौडेल घर नफर्किए पछि २३ गते उनका परिवारले प्रहरीलाई मौखिक जानकारी दिएका थिए ।तर,लामो समय बितिसक्दा समेत कुनै जानकारी नपाएपछि फागुन २६ गते उनी हराएको भन्दै परिवारले खोजी गरिदिन भन्दै वडाप्रहरी कार्यलय बैदाममा लिखित निवेदन दिएका थिए ।

    २ सय रुपैयाँ लिएर गोरुलाई औषधि किन्नका लागि बजार गएका पौडेल सिल्टेसन ड्याम भन्दा माथिको बाटो हुदै घर फर्कने क्रममा ड्यामको पोखरीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

    ड्याम भन्दा माथिल्लो किनारामा उनको ज्याकेट, मोबाइल र गोरुका लागि ल्याएको औषधि लगायतका सामग्री भेटिए पछि ड्याममा खसेको आशंकामा खोजी कार्य शुरु गरेको प्रहरीले जनाएको छ ।

    घर फर्कने क्रममा साझँ झिरबाट लडेर ड्याममा खसेको र भोली पल्ट स्काभेटरले ढुङगा गिटीले निकाल्ने क्रममा पुरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

    पौडेलको शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखीको छ । घटनाका वारेमा थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.