पोखरामा एक युवा मृत भेटिएका छन् । पोखरा महानगरपालिका १६ लामाचौरमा रोल्पा घर भएका बर्ष २७ का सुनिल पुन मगर मृत भेटिएका हुन्।
बुधबार बेलुका खाना खाएर सुतेको मगर विहान मृत भेटिएका हुन। विहान अबेरसम्म नउठेपछि अचेत अवस्थामा भेटिएका मगरलाई उपचारको लागि मातृ शिशु अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाका वारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको जानकारी दिएको छ । त्यसै गरि मुस्ताङमा मुक्तिनाथ दर्शन गरेर फर्किदै गरेका एक जनाको मृत्यु भएको छ ।
तनहुँ भिमाद नगरपालिकाका २८ बर्षिय जित बहादुर रानाभाट मुस्ताङ थसाङ गाउँपालिका ३ खाङ्लो होटल नजिक कालीगण्डकी नदीको किनारमा पानीमा घोप्टो परको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।
उनी चैत ३ गते मुक्तिनाथ मन्दिर दर्शन गर्न मुस्ताङ गएको प्रहरीको भनाई छ ।

Related