• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाल पूर्णरुपमा लक डाउन, औषधि र खाद्यान्न किन्न मात्र घरबाहिर निस्किन पाइने

" एक साताका लागि कसैलाई पनि घर बाहिर निस्कन र सवारी पनि चल्न नदिने निर्णय "
  •    शुभेच्छा न्यूज  /१० चैत्र २०७६, सोमबार २०:२९ ,  प्रकाशीत
  • सरकारले देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको छ।

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि (मंगलबार) देखि देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको अर्थ एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

    बैठकले मंगलबारदेखि एक साताका लागि कसैलाई पनि घर बाहिर निस्कन र सवारी पनि चल्न नदिने निर्णय गरेको खतिवडाले बताए। उनका अनुसार लक डाउन मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुनेछ।

    यस्तै, बैठकले औषधि उपचार, खाल्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन पनि निर्देशन दिएको छ।

    बैठकले अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबहाक सवारीसाधन सञ्चालनमा पनि रोक लगाउने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए।

    यसैगरी, सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने निर्णय बैठकले गरेको उनले बताए।

    बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड-२०७६ लाई स्वीकृत पनि गरेको मन्त्री खतिवडाले जानकारी दिए।

    यस्तै, स्वास्थ्य मन्त्रालयको नेतृत्वमा आजैदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी काम नेपाली सेनाका चिकित्सकहरुको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकता अनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु परिचालन गरी सुरु गर्ने निर्णय पनि गरेको मन्त्री खतिवडाले जानकारी दिए।

    उनका अनुसार त्यसका लागि रक्षा, गृह, परराष्ट्र र अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्नेछन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.