पोखरा लगायत गण्डकी प्रदेशका सबै अस्पतालमा ओपिडी सेवा बन्द गरिने भएको छ ।
कोरोना भाइरस रोकथाम उच्चस्तरीय निर्देशक समितिको सोमबार बसेको बैठकले सबै अस्पतालमा ओपिडी सेवा बन्द गरी आकस्मिक सेवा र फीभर क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको निर्देशक समितिका स्रोत व्यक्ति डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा सोमबार बसेको समितिको पहिलो बैठकले सबै अस्पतालमा आकस्मिक सेवा शुरु गरि ५० बेड माथिका अस्पतालमा छुट्टै फीभर क्लिनिक सञ्चालन गराउने निर्णय गरेको डा. शर्माले बताए ।
क्लिनिकमा जाँच गराउदा १०० भन्दा बढी ज्वरो देखिएकालाई विशेष प्राथमिकताका साथ उपचार गरिने र थप शंका लागे नमुना संकलन गरिने उनले जनाए ।
कोरोना सम्बन्धि कुनै आशंका लागेमा ‘हेल्लो डाक्टर’ कार्यक्रम मार्फत बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म ०६१-५२४०७४ हटलाइनमा सम्पर्क गरी डाक्टर सँग प्रतक्ष्य कुरा गर्न सकिने डा. शर्माले बताए ।
डा. शर्माले हटलाइन नम्बरलाइ नि:शूल्क कुराकानी गर्न मिल्नेगरी छिट्टै टोल फ्री नम्बर १११५ मा रुपान्तरण गर्न लागिएको जनाए ।

Related