• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्युठानमा भारतबाट फर्केका २६ जना क्वारेन्टाइनमा

  •      /१४ चैत्र २०७६, शुक्रबार ११:४९ ,  प्रकाशीत
  • सलिम अन्सारी
    जिल्लामा छिमेकी मुलुक भारतबाट घर फर्केका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।कोरोना भाइरसको निगरानी गर्न उनिहरुलाई बिहिबार राती देखी क्वारेन्टाइनमा राखिएको हो।

    बिहिवार सम्म भारतबाट प्युठान भित्रीएका १ हजार ९ सय ९१ जना नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

    क्वारेन्टाईन पठाउनुअघि प्युठान भित्रने मुख्य नाका सरुमारानी २ ददेरीमा स्थापित हेल्थडेस्कमा उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो।

    जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार स्वर्गद्वारी नगरपालिका वडा नंवर ६ स्थित झोला प्राथमिक बिध्यालयमा ११ जना र ऐरावती गाउँपालिका ३ बरौला स्थित क्वारेन्टाईनमा १५ जना गरि २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

    क्वारेन्टाईनमा राखिएका उनिहरु मध्ये धेरैजसो कृष्णनगर नाका प्रयोग गर्दै प्युठान भित्रीएका थिए।क्वारेन्टाईनमा राखिएकाहरुको स्वास्थ्यमा अहिले सम्म कुनै किसिमको समस्या भने देखिएको छैन ।

    उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ । प्यूठानमा सबै स्थानीय तहहरुले क्‍वारेन्टाइन स्थल तयार गरेका छन् । हालसम्म जिल्लामा झण्डै एक सय ८ सैया क्षमताको क्वारेन्टाइन तयारी अबस्थामा छन ।स्थानिय तह मार्फत भारत सहित तेस्रो मुलुकबाट आएकाहरुको तथ्याकं संकलनको काम समेत भईरहेको छ।

    जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीलेस्थानीय तह मार्फत् भारतसहित तेस्रो मुलुकबाट आएकाहरुको तथ्यांक संकलनको काम भइरहेको बताउनुभयो।

    लकडाउनको समयमा घरबाट बाहिर ननिस्कन प्रहरीले आहृान गदै जिल्लाका ९ वटै स्थानीय तहमा माइकिङ थालेको छ। अटेर गरेर सवारी साधन चलाइ आवतजावत गर्नेहरुलाई प्रहरीले कारबाही गरेको छ।

    प्रहरीले बिहीबार १ जिप ,२ ट्याक्टर, ५ मोटरसाइकल गरी ७ सवारी साधनलाई नियन्त्रणमा लिएको थियो। ६ जना जनालाई पक्राउ गरेर सम्झाइ बुझाइ छाडेको प्रहरीले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.