• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अन्नपूर्णका ७ स्थानमा क्वारेन्टाइन, विदेशबाट आएका १७ जनालाई क्वारेन्टाइनमा राखियो

  •    शुभेच्छा न्यूज  /१४ चैत्र २०७६, शुक्रबार १३:५१ ,  प्रकाशीत
  • अन्नपूर्ण गाउँपालिकाले पालिका क्षेत्र भित्रका कुल ७ स्थानमा क्वारेन्टाइन स्थापना गरेको छ ।

    कोरोना भाइसर (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले क्षत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले, हिमालयन देउराली रिर्सोट सिम्पाली, माछापुच्छे« मावि ढिकुरपोखरी, प्रगतिशील मावि सल्यान, संगम मावि लुम्ले, दाङसिङको विरेठाँटी मावि र घान्द्रुकको मेश्रमबराह माविमा क्वारेन्टाइन स्थापना गरेको हो ।

    क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा ५० बेडको, हिमालयन देउराली रिर्सोटमा ३० तथा विद्यालयहरुमा समान २५ वेडका गरी कुल २ सय ५ वेडमा क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिए ।

    सर्वप्रथम निजी घरमा नै होम क्वारेन्टाइनमा राख्ने तथा घरमा राख्न सक्ने अवस्था नभएका तथा शंकास्पद सक्रमितलाई तोकिएका स्थानमा जुनसुकै समयमा पनि राख्न सक्ने गरी तयारी भएको जनाएको छ ।

    सक्रमण फैलिएयता कुल १७ जना मानिस विदेशबाट गाउँपालिका आएकोमा उनीहरु यतिबेला होम क्वारेन्टाइनमा छन् । गाउँपालिका अध्यक्ष युवराज कुँवरले विदेशबाट आएका तथा सक्रमित भेटिएमा तुरुन्तै खवर गर्न पनि आग्रह गरेका छन् ।

    कोरोना भाइरसको जोखिम तथा संक्रमण नियन्त्रणका लागि क्वारेन्टाइन प्रभावकारी हुने र संकटको अवस्थामा राज्यलाई सहयोग गर्नुपर्ने दायित्वलाई आत्मसात गर्दै रिसोर्टलाई क्वारेन्टाइन बनाइएको हिमालयन देउराली रिर्सोटका सञ्चालक विन्दा रायमाझीले जानकारी दिइन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.