• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिपन्नको चुल्हो बाल्दै प्यूठानका स्थानीय सरकार

  •    शुभेच्छा न्यूज  /१५ चैत्र २०७६, शनिबार १२:२० ,  प्रकाशीत
  • सलिम अन्सारी
    कोरोना भाईरस(कोभिड १९ )को संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउन पछि समस्यामा परेका ज्यालादारी मजदुरलाई प्यूठानका स्थानीय तहले खाद्यान्न दिने भएका छन।

    दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुरहरुको परिवारमा खाद्यान्न संकट हुन नदिन उनिहरुले खाद्यान्न उपलब्ध गराउन थालेका हुन। जिल्लाका प्युठान नगरपालिका सहित माण्डबि र नौ बहिनीले आ-आफ्नो गाउपालिका क्षेत्रभीत्रका मजदुरहरुलाई खाद्यान्न उपलब्ध गराउने निर्णय गरेका छन्। भने अन्यले मजदूरहरुको तथ्यांक संकलन सुरु गरेका छन् ।

    माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले शुक्रवार बसेको कार्यपालिकाको आकस्मिक बैठकले पालिका क्षेत्रभित्र रहेका मजदूरलाई खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो । ‘ बिपन्न परिवार छनौट गरी खाद्यान्न सहयोग गर्ने निर्णय गरेका छौँ’ उहाँले भन्नुभयो, ‘गाउँपालिकाबाट चामल, दाल, नुन, तेल उपलब्ध गराउने छौं ।’

    कार्यपालिका बैठकले प्रत्येक वडाका २५/ २५ परिवारका लागि १५ दिनसम्म पुग्ने खाद्यान्न सामाग्री दिने निर्णय भएको रोकाले जानकारी दिनुभयो ।उहाका अनुसार गाउँपालिकाले १ सय २५ मजदूर परिवार खाद्यान्न उपलब्ध गराउने भएको हो ।

    विपन्न परिवारलाई खाद्यान्न सामग्रीको जोहोका लागि प्यूठान उद्योग बाणिज्य संघ माण्डवी बजार इलाका र स्थानीय योगी पेट्रोल पम्पका संचालक दामोदर योगीले रू.३०/ ३० हजार बरावर सहयोग गर्ने भएका छन् ।त्यस्तै, गाउँपालिकाले सूचनामा सहज पहुँचका लागि टोल फ्री नम्वर जडान गर्ने निर्णय समेत गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिनुभयो ।

    त्यस्तै, प्यूठानको नौबहिनी गाउँपालिकाले पनि मजदूर परिवारलाई १ महीनाका लागि पुग्ने खाद्यान्न उपलब्ध गराउने निर्णय गरिएको जनाएको छ। गाउँपालिकाले आठ वटै वडाका ज्यालादारी मजदुरलाई खाद्यान्न दिने निर्णय गरेको हो।

    प्यूठान नगरपालिकाले विपन्न एवं मजदुर परिवारको लगत लिएर खाद्यान्न राहत दिने योजना बनाएको जनाएको छ । उता स्वर्गद्धारी नगरपालिकामा पनि विपन्न परिवार छनोटको काम भइरहेको बताईएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.