• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट एकैदिन ३ सय पर्यटकको उद्धार

"गाडीबाट १ सय ८७ जना र जहाजबाट १ सय ३१ जनालाई पठाईए "
  •    शुभेच्छा न्यूज  /१५ चैत्र २०७६, शनिबार १९:१२ ,  प्रकाशीत
  • पोखराका विभिन्न ठाउँमा बसिरहेका ३ सय भन्दा बढी पर्यटकको उद्धार गरिएको छ ।

    कोरोना महामारी नियन्त्रणका लागि लकडाउन गरिएपछि पोेखरामा अलपत्र परेका पर्यटकहरुलाई दैनिक रुपमा काठमाण्डौं लैजान थालिएको छ । सुरुमा बुद्ध एयर मार्फत ५९ फ्रान्सेली पर्यटक लगिएकोमा शुक्रबार यति एयरले विभिन्न मुलुकका ५८ जनालाई काठमाण्डौं लगेको थियो ।

    शनिबार गाडी र जहाज गरेर ३ सय १८ जना काठमाण्डौं गएका छन् । गाडीबाट १ सय ८७ जना र जहाजबाट १ सय ३१ जनालाई पठाईएको पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

    उनका अनुसार पर्यटक बोक्न शनिबार ३ फ्लाईट भएको थियो । श्री एयरलाईन्सले दुईपटकमा १ सय ९ जना र यतिले २२ जना उडाएको हो ।

    यसबाहेक ७ वटा गाडी रिजर्भ गरेर अलपत्र पर्यटक र उनीहरुका सहयोगीलाई पनि पठाईएको टान पोखराका अध्यक्ष हरि भुजेलले बताए । पर्यटन परिषद्को संयोजनमा पर्यटकलाई जम्मा गरेर पठाईएको हो । अझै २ सय भन्दा बढी पर्यटक पोखरामा छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.