• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको ४ नम्वर वडामा खाद्यान्न वितरण सहज बनाइने

  •    शुभेच्छा न्यूज  /१५ चैत्र २०७६, शनिबार १२:५८ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नम्बर ४ मा लकडाउनको समयमा वडाबासीलाई दैनिक उपभोग्य बस्तु खाद्यान्न लगायतलाई सहज रुपमा उपलब्ध गराउन वडाले पहल थालेको छ ।

    वडा नम्बर ४ का वडा अध्यक्ष शंकर बास्तोलाको अध्यक्षतमा शनिबार बसेको बैठकले वडा नम्बर ४ मा रहेका खाद्य स्टोर्सहरु गोपालजी, विनायक, मुनाल, सेलवेज र पोखरा ग्रोसरी स्टोर्समा समन्वय गरी वडावासीलाई सहज रुपमा खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको हो ।

    भारत तथा तेस्रो मुलुकबाट आएकाहरुको विवरण संकलन गर्नका लागि ४ जना वडा सदस्य र वडा सचिवलाई भेग मिलाएर जिम्मेवारी दिइएको वडाअध्यक्ष शंकर बास्तोलाले बताए ।

    उनले वडा नम्बर ४ मा अहिले सम्म ५ जना विदेशबाट आएको विवरण संकलन भएको र उनीहरुको अवस्था हेरी क्वारेन्टाइनमा राख्नको लागि वडाले पहल गर्ने बास्तोलाले बताए ।

    यसैबीच वडा नम्बर ४, ८ र ९ मा दैनिक उपभोग्य बस्तुलाई सहज बनाउन गठित खाद्यान्न तथा स्थानीय व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अव्यवस्थित बस्ती तथा दैनिक ज्यालादारी गरी बस्ने समुदायमा खाद्यान्नलाई सहज रुपमा उपलब्ध गराउनेको लागि पहल गर्ने निर्णय गरेको छ ।

    खाद्यान्न तथा स्थानीय व्यवस्थापन समितिका संयोजक शंकर बास्तोलाको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित निकायसँगको समन्वयमा ग्यास आपूर्तिलाई पनि सहज बनाउने निर्णय गरेको छ ।

    वडा नम्बर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोलाको संयोजकत्वको समितिमा वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बराल र ९ का अध्यक्ष रामराज लामिछाने, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि, जिल्ला प्रहरी कार्याल कास्कीका प्रतिनिधि र स्वास्थ्य महाशाखाका राजेन्द्र रेग्मी सदस्य रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.