• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा खाद्यान्न आपूर्तिलाई सहज बनाइने

  •    शुभेच्छा न्यूज  /१६ चैत्र २०७६, आईतवार १३:०० ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले गठन गरेको खाद्यान्न तथा स्थानीय व्यवस्थापन समितिका संयोजक लेखबहादुर तामाङ ९दर्शन लामा० को अध्यक्षतमा बसेको बैठकले खाद्यान्न लगायत आवश्यक दैनिक उपभोग्य बस्तुलाई सहज बनाउने निर्णय गरेको छ ।

    वडा नम्बर १० देखि १६ र २० नम्बर वडामा समन्वय गर्ने जिम्मेवारी पाएको उक्त समितिको बैठकले कोरोना भाइसर नियन्त्रण र रोकथामको लागि ती वडामा विदेशबाट आएकाहरुको विवरण संकलन गरी महानगरापालिकामा पठाउने निर्णय पनि गरेको संययोजक लामाले जानकारी दिए ।

    उनका अनुसार विदेशबाट आएकाहरुको विवरण संकलन गर्न वडा कार्यालय, स्वास्थ्य संस्था, जनप्रतिनिधि, टोल विकास संस्थाको समन्वय र सहयोगमा संकलन गरिने लामाले बताए ।

    लकडाउनको समयमा खाद्यान्न र अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थालाई सहज बनाउन सम्बन्धित वडाध्यक्षको नेतृत्वमा वडाका खाद्यान्न स्टोर्सहरु तथा आवश्यक सामग्रीको मौंजादको विवरण संकलन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

    पशु, पक्षी पालक किसानलाई दानाको आपूर्ति लगायत समस्याको सूचीकरण गरी समाधान गर्न योजना बनाउने निर्णय भएको समितिका सदस्य स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले जानकारी दिए । लकडाउनको समयमा खाना पकाउने ग्यासको आपूर्तिलाई सहज बनाउन पोखरा उद्योग वाणिज्य संघ, प्रहरी कार्यालयका प्रतिनिधिको समन्वयमा सहज वितरणको व्यवस्था मिलाइने संयोजक लामाले बताए ।

    विषयम परिस्थितिमा गरिब, विपन्न, सिमान्तकृत अशक्त, अपांगता भएका व्यक्तिलाई निशुल्क रुपमा खाद्यान्न उपलब्ध गराउन पनि अवस्था भएमा उनीहरुको यथार्थ विवरण संकलन गर्ने निर्णय भएको लामाले जानकारी दिए ।

    वडा नम्बर १३ का अध्यक्ष लेखबहादुर तामाङ ९दर्शन लामा०को संयोजकत्वमा गठित समितिको सदस्यमा वडा नम्बर १० देखि १६ र वडा नम्बर २० का वडा अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ प्रतिनिधि, वडा प्रहरी कार्यालय रामबजार प्रतिनिधि र स्वास्थ्य महाशाखाका हरिलाल आचार्य सदस्य छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.