• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा विदेशबाट आएका ६७ जना घरमै सेल्फ क्वारिन्टाइनमा

  •    शुभेच्छा न्यूज  /१६ चैत्र २०७६, आईतवार १८:५८ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा न. २७ विदेशबाट आएका १३ जना आफ्नै घरमा क्वारिन्टाइनमा बसेका छन ।

    विदेशबाट आएकाको वडा कार्यालयले तथ्यांक संकलन गरी उनिहरुलाई आफ्नै घरमा सुरक्षित पूर्वक बस्न आग्रह गरिएको र सो को अनुगमन गरिएको वडाध्यक्ष पुर्णकुमार गुरुङ्गले जानकारी दिए ।

    वडाध्यक्ष गुरुङ्गले वडाको बडहरे गन्धर्व टोलमा भारतबाट आएका ४ जना, कालीगण्डकी विद्युतको सव स्टेशन नजिक खाडी मुलुकबाट आएका एक जना, कोलेफाँट टोलमा खाडीबाटै आएका १ जना, भित्री डाँडाको नाकमै खाडी बाट आएका एक जना, लक्ष्मी आदर्श टोल नजिक खाडीबाट आएका एक जनालाई घरमै सुरक्षित पूर्वक क्वारिन्टाइनमा बस्न भनिएको बताए ।

    यसैगरी रिठेपानी जलजले टोलमा माल्दीभ्सबाट आएका ए जना र रिठेपानी दुर्गा टोलका आमा छोरा बेलायतबाट आएकालाई पनि सावधानी अपनाउन भनिएको वडाध्यक्ष गुरुङ्गले जानकारी दिए ।

    यसैगरी एकता टोलमा भारतबाट आएका आमा छोरालाई पनि आफ्नै घरमा क्वारिन्टाइनमा बस्न भनिएको छ । उनिहरुको नियमित अनुगमन गर्न सम्वन्धीत क्षेत्रका वडासदस्यहरुलाई जिम्मेवारी दिइएको पनि वडाध्यक्ष गुरुङ्गले बताए । उनले दैनिक ज्यालादारी काम गरेर परिवार पाल्नेहरुलाई सहयोगको तयारी भैरहेको समेत जानकारी दिए ।

    सरकार र आधिकारीक निकायबाट दिईएको स्वास्थ्य निर्देशनलाई पालना गरी लकडाउन अवधिभर घरमै बसीदिन समेत वडाध्यक्ष गुरुङ्गले आग्रह गरेका छन् ।

    यसैगरी पोखरा महानगरपालिका वडा नं ३२ का विभिन्न ठाउँहरुमा २३ जना विदेशबाट आएकाको तथ्यांक संकलन गरिएको वडाध्यक्ष अक्कल वहादुर कार्कीले जानकारी दिए । उनले वडाको खुदीखोला र बडहरे क्षेत्रमा विदेशबाट आउनेहरुको संख्या बढी भएको उल्लेख गर्दै, घरमै सुरक्षितपूर्वक क्वारिन्टाइनमा बस्न आग्रह गरिएको र वडासदस्यलाई अनगमनका लागि जिम्मेवारी तोकिएको बताए ।

    वडाध्यक्ष कार्कीले यो समयमा समूह बनाएर मकै गोड्ने चैते धान रोप्ने जस्ता कृषिकर्मका कारण समस्या परेको उल्लेख गरे । सरकारले लकडाउन भनेको छ, तर कृषकहरुले विहानै देखी समूह बनाएर मकै गोडीरहेका छन्, अध्यक्ष कार्कीले भने — कसरी नियन्त्रण गर्ने ?” वडाध्यक्ष कार्कीले विपन्न बस्तमा खाद्यान्न सहितको राहत प्याकेज महानगरसँग समन्वय गरेर छिट्र्ट व्यवस्थापन गरिने समेत बताए ।

    यता पोखरा महानगरकै वडा नं. ३० मा भने १३ जनाको तथ्यांक प्राप्त भएको वडाध्यक्ष श्रीराम पोखरेलले जानकारी दिए । उनले चैत्र १ गते देखी यात्रा बिवरण रहेका १३ जनाको नाम वडालाई प्राप्त भएको उल्लेख गर्दै, सेल्फ क्वारिन्टाइनमा बस्न आग्रह गरिएको र समय समयमा निगरानी गरिएको समेत जानकारी दिए ।

    वडाध्यक्ष पोखरलेलले वडामा अप्ठ्यारो परेको अवस्थामा रहेका वडावासीहरुलाई सहयोग गर्न आफ्नो नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

    वडाध्यक्ष पोखरेलका अनुसार वडा नं. ३० को रामबजारमा २ महिला भारतको व्यङलोर र एक पुरुष दुवईबाट आएको बिबरण प्राप्त भएको छ । यस्तै गगनगौडामा कतारबाट १ जना, खुदी माछापुच्छे« टोलमा पति पत्नी सहित दुई जना चैत ७ गते कतार एयरवेजबाट आएका र उनिहरु घरमै क्वारिन्टाइनमा रहेको वडाध्यक्ष पोखरेलले बताए ।

    यसैगरी शिशुवा बजारमा १ जना पुरुष कतारबाट र खयरखोरमा दुईजना महिला भारतबाट एवं सुकेडाँडामा एक जना पुरुष हङकङबाट आएको र घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए । वडाध्यक्ष पोखरेलले अहिलेसम्म त्यस्तो संक्रमण नदिएपनि उच्च सर्तकता अपनाउन भनिएको जानकारी दिए ।

    यसैगरी पोखरा महानगरपालिका वडा नं. २९ मा बिदेशबाट आएका १८ जनाको तथ्यांक संकलन गरिएको र उनिहरुलाई घरमै क्वारिन्टाइनमा बस्न भनिएको वडाध्यक्ष चेतवहादुर गुरुङ्गले जानकारी दिए ।

    उनले सचेतनाका लागि घरदैलो, माइकिङ र विभिन्न संचारमाध्यमबाट सन्देश प्रसारण गरिएको उल्लेख गर्दै, विषम परिस्थितिमा राज्य र महानगरले जारी गरेका निर्देशन पालना गर्न वडाबासीलाई आग्रह गरेका छन् ।

    उनले बजारको अनुगमन गरिएको र अत्यावश्यक खाद्यान्न लगायतका सामाग्रीका लागि केही समय बजार खुलाउन आग्रह गरिए पनि प्रहरीले बन्द गराउदै हिडेकाले समस्या भएको बताए ।

    वडाध्यक्ष गुरुङ्गले प्रहरी प्रशासनसँग समन्वय गरेर सामाजिक दुरी कायम गरी बजारमा खाद्यान्न, औषधी लगायतका अत्यावश्यक सामाग्री उपलब्ध गराउन सहजीकरण गर्नु पर्नेमा समेत जोड दिएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.