पशुपन्क्षी र कृषि उत्पादनको निर्वाध ढुवानी गर्न गण्डकी कृषि मन्त्रालयको आग्रह
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) को महामारीसँग जुध्न सरकारले लागू गरेको लकडाउन(बन्दाबन्दी)मा समेत कृषि तथा पशुपन्छीजन्य बस्तुको थोक तथा खुद्रा पसलहरु सुचारु सञ्चालन गर्न आग्रह गरेको छ ।
मन्त्रालयले आज एक अपिल प्रकाशित गर्दैै खाद्यान्न, तरकारी, फलफूल, दूध, फुल, माछा, मासुको विक्रीवितरण गर्ने पसलहरुलाई खुला गर्न आग्रह गरिएको छ ।
मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालद्धारा जारी अपिलमा कृषि तथा पशु उत्पादन सामग्रीहरु,बीउविजन, मल, औषधि, घाँस, दाना, पराल र कृषि तथा पशुजन्य उत्पादनहरुको निर्वाध ढुवानी तथा वितरण व्यवस्था मिलाइएकाले परिस्थितिलाई सहज बनाउन सम्वन्धित सबैमा अनुरोध गरिएको छ ।
मन्त्रालयले कृषकलाई कुनै पनि समस्या तथा कहीँकतै व्यवधान पर्न आएमा वा अन्य कुनै समस्या परेमा मन्त्रालयका सचिव ढकालको ९८५६०७७७०९, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशकको ९८४६०२९१८२ र कृषि विकास निर्देशनालयका निर्देशकको ९८४१३६०७३६ मा सम्पर्क गर्न सहित आग्रह गरिएको छ ।
peacepokhara
Related