विकास समितिका सभापति कोइरालाको लकडाउनको पूर्ण पालना गर्न आग्रह
"बजारमा कतै कालोबजारी भए सिधा आफुलाई सम्पर्क गर्न आग्रह "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
सभापति कोइरालले आज आफ्नो फेसबुकबाट जनतालाई प्रत्यक्ष सन्देश दिदै अत्यावस्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध पनि गरेका छन् ।
अहिले सरकारलाई सहयोग गर्नुबाहेक अर्को विकल्प छैन भन्दै उनले बजारमा कतै कालोबजारी भए जनता दुःखमा परे सिधा आफुलाई ९८५६०२३१६१मा फोन गर्न आग्रह गरेका छन् /
पहिलेका विपतमा जस्तो यस पटकको विपतमा बजारमा समस्या नदेखिएको बताउदै उनले आफ्नो समितिले लकडाउन भन्दा अगाडि बैठक बसेर समस्या आउन नदिन सम्बन्धित निकायलाई दिएको निर्देशनले काम गरेको दाबी गरेका छन् ।
अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९०को कारण ८ लाख ५८ हजार भन्दा बढि संक्रमित र ४२ हजार भन्दा धेरैको मृत्यु भएको भन्दै कोइरालाले सवै जना सेचेत रहन आग्रह गरेका हुन् ।
कोइरालाले अहिलेको समय कोभिड १९विरुद्ध सवै लड्नुपर्ने समय भएकोले सरकारलाई साथ दिन आग्रह गर्दे यदि कतै भष्टचार भएको भए पछि छाविन गरेर कारवाहि हुने बताएका छन् । उपचारमा खटिनु भएका स्वास्थ्यकर्मी , फिल्डमा खट्ने सुरक्षाकर्मी प्रति आभार प्रकट गर्दे अत्याबस्यक काममा हिड्नै पर्नेलाई दुःख नदिन सुरक्षाकर्मीलाई आग्रह समेत गरेका छन् ।
आफ्नो आबश्यकक्ता जनतामा परेमा आफु जनताकोमा जान तयार रहेको तर अहिले आफु पनि घरमै बसेको उनको भनाईछ ।
कोइरालाले गण्डकी प्रदेश सरकार र स्थानिय सरकारहरुले अति विपन्न दैनिक ज्यालामा काम गर्ने मजदुर अपाङता भएका ब्यत्तःी दैनिक गुजारा चलाउन नसकेकाहरुलाई राहत दिन लागेकोले सोहि प्रकारका ब्यक्तिहरुले मात्र राहत पाउने बातावरण बनाउन पनि आग्रह गरेका छन।
Related