• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नागरिक हुनु यस्तो पो ; मजदुरले गरे राहत अस्विकार, संकटमा आफुसँग भएकै पौसा खर्च गर्ने

"राहत भन्दा ब्यबस्था मिलाएर खरिद गर्ने प्रबन्ध मिलाईदिन सरकारलाई आग्रह "
  •    शुभेच्छा न्यूज  /२३ चैत्र २०७६, आईतवार १६:२२ ,  प्रकाशीत
  • सरकारले लकडाउनको समयमा दैनिक ज्यालादारी मजदुरहरुलाई राहत दिने घोषणा संगै देशभर अहिले राहत बितरण सुरु भएको छ ।

    कोरोना भाईरस बाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दे सरकारले देशभर लकडाउन घोषणा गरेको हो । वडा स्थरमा आपुर्ति समिति गठन गरि बितरण गर्न लागिएको राहत राईनासमा कार्यरत १० जना मजदुरले भने अस्विकार गरेका छन ।

    हुनेखानेहरु समेत राहतको लाईनमा बसेर हात थापिरहेको दैनिक ज्यालादारी मजदुरहरुले भने राहत लिन अस्विकार गरेका हुन । उनिहरुले राहत भन्दा पनि आवश्यक ब्यबस्था मिलाएर खरिद गर्ने प्रबन्ध मिलाईदिन सरकारलाई आग्रह गरेका छन । मुलुक संकटमा परेको बेला आफुहरुले पनि योगदान गर्नुपर्ने भन्दै अहिले आफुहरुले मजदुरी बाट कमाएको रकम खर्च गर्ने उनिहरुको भनाई छ ।

    राईनास नगरपालिका वडा नं १ मा रहेका एक खानेपानी आयोजनामा कार्यरत मजदुरहरु लकडाउनका कारण घर जान पाएका छैनन् । रोल्पा, बागलुङ र पाल्पा घर भएका उनिहरुले अहिले आफुहरु आफ्नै खर्चले धान्न सक्ने अबस्थामा रहेकोले राहत लिन आबस्यक नभएको बताएपछि वडाले उनिहरुको लागि बितरण गर्न लागेको राहत फिर्ता हुने भएको हो ।

    राईनास नगरपालिका वडा नं १ मा ४१ जना दैनिक ज्यालादारी मजदुरको नाम सार्बजनिक गरिएको थियो भने राईनास नगरपालिका भित्र १३३६ घरपरिबारले राहत पाउने भएका छन ।

    यसअघि नगरपालिकाले गठन गरेको आपुर्ति समितिको सिफारीसका आधारमा प्रत्येक वडा बाट आएको सिफारीसलाई समावेश गरेर घरधुरी र्निधारण गरिएको छ । राईनासले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको दश लाख र पालिकामा खर्च हुन नसकेका योजनाहरुको रकमान्तर हुने गरि १८ लाख बिनियोजन गरि राहत दिने र्निणय भएको राईनास नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए ।

    लकडाउनका कारण नियमित औषधी सेवन गर्नुपर्ने दिर्घरोगि तथा अशत्तलाई एम्वुलेन्स सेवा पालिकाले नै ब्यबस्था मिलाउने र्निणय पनि भएको छ ।

    राहतको लागि राईनास नगरपालिकाको वडा नं १ बाट ४१, वडा नं २ बाट १०८, वडा नं ३ वाट १६०, वडा नं ४ बाट १५०, वडा नं ५ बाट ८५, वडा नं ६ बाट ३५२, वडा नं ७ बाट १३८, वडा नं ८ बाट७१, वडा नं ९ बाट १०९ र वडा नं १० बाट ४९ घरधुरी सिफारीसमा परेका छन् ।

    अन्यत्र बाट मजदुरीका लागि राईनासमा आएको मजदुरको संख्या १०३ रहेको छ । सबैलाई पालिकाले ३० किलो चामल,दाल ३ किलो, नुन २ प्याकेट,खानेतेल २ लिटर र चिनी २ किलो बितरण गर्ने जनाइएको छ ।

    पालिकाले चैत्र २२ गते बाट नै वडाहरुमा बितरणको ब्यबस्था मिलाएको मेयर सिंह बहादुर थापाले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.