• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लकडाउन उन्लघन गर्दै आफूखुसी गाउँपालिका प्रबेश गर्ने ६ जना पक्राउ

  •     कृष्ण अन्जान ज्ञवाली  /२५ चैत्र २०७६, मंगलवार १६:११ ,  प्रकाशीत
  • गुल्मिमा लकडाउन उल्लंघन गरेका आरोपमा ६ जना पक्राउ परेका छन् ।

    विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले आवतजावत गर्न लगाएको रोकको बेवास्ता गदैै आफूखुसी हिढडुल गरेका आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेहरुमा भारतको मुम्बइ आउदै गरेका २ जना पुरुष, बुटवलबाट आउँदै गरेका २ जना पुरुष र २ महिला रहेका छन् । उनीहरुलाई गुल्मिदरबार गाउँपालिका वडा नम्बर ३ गौडाकोट नजिकैबाट पैदल हिडिरहेको अवस्थामा पक्राउ गरेको हो।

    उनीहरुलाई चारपाला प्रहरी चौकी र गुल्मिदरबार गाउपालिकाको सम्युक्त टोलिले पक्राउ गरेको गुल्मिदरबार गाउँपालिका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताए।

    पक्राउ परेकालाई रेसुङ्गा नगरपालिका संग समन्वय गरि तमघास स्थित महेन्द्र माध्यमिक बिध्यालयमा रहेको क्वारेन्टाइनमा पठाइएको गुल्मिदरबार गाउपालिका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले बताए।

    लकडाउनको उंल्घन गर्नेलाई पक्राउ गरिएकै स्थलमा स्वास्थ्यकर्मिको आरआरटि टिम पुगेर इन्फारेड थर्मोमिटरबाट तापक्रम मापन गरि गुल्मिदरबार गाउपालिकाको एम्बुलेन्समा राखि तमघास पु¥र्याइएको गाउँपालिकाले जनाएको छ ।

    उनिहरुको अहिलेको अवस्था सामान्य रहेको पनि बताइएको छ । मुम्बइबाट आउने एक जना ढोरपाटन नगरपालिका २ सिमलचौर बाग्लुङ्गका र एकजना रेसुङ्गा नगरपालिका १४ रातामाटाका रहेका छ्न । उनीहरु ९ गते बुटवल आएर होटलमा बसेको बताएको छ।

    बुटवलबाट आउने मध्येका ४ जना बुटवलमा अध्ययन गरेर बस्दै आएका थिए ।उनीहरु ४ मध्ये २ जना अर्घखाँचीको मालारानी गाउपलिका २ का र अर्का २ जना इश्मा गाउपालिका २ गुल्मिका रहेका छ्न ।

    सोमवार राती उनीहरु ६ जानै बुटवलबाट एउटै ट्रकमा छत्रकोट गाउँपालिकाको लुम्छा सम्म आएका थिए। त्यहाँबाट ६ जना नै पैदल यात्रा गरी गुल्मिदरबार गाउँपालिका पुगेका हुन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.