पोखराबाट बिरामी बोक्न आनाकानी गर्ने २ जना एम्बुलेन्स चालक पक्राउ
"पोखराका ५ अस्पतालमा अनुगमन गरिएको र एम्बुलेन्स चालकले सेवा दिन नमानेको "
तपाईको प्रतिक्रिया





बिरामी बोक्न आनाकानी गर्ने पोखराका २ एम्बुलेन्स चालक पक्राउ परेका छन् ।
विभिन्न वाहाना बनाएर बिरामी बोक्न नमान्ने फेवा सिटी हस्पिटल र मेट्रोसिटी हस्पिटलका २ चालकलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।
सोमबार पोखराका ५ अस्पतालमा अनुगमन गरिएको र एम्बुलेन्स चालकले सेवा दिन नमानेको गुनासो सुनिएको एसपी कार्कीले बताए । त्यही अनुसार परीक्षण गर्दा आनाकानी गरेपछि तत्काल नियन्त्रणमा लिएर हिरासतमा राखिएको हो ।
केही दिन अघि बालगुलङमा कोरोना संक्रमित महिला लिन पुगेका रेडक्रसको एम्बुलेन्स चालक भागेपछि अर्कै चालक मगाउनु परेको थियो । पोखराकै गैरापाटनमा पनि रेडक्रसका एम्बुलेन्स चालकले गएको साता वाहाना बनाएर गाडी नै लिएर भागेका थिए ।
आकस्मिक स्वास्थ्य सेवामा प्रयोग हुने एम्बुलेन्सलाई बिरामीले बोलाउँदा बिभिन्न बाहना बनाई सेवा दिन आनाकानी गरेको आरोप प्रहरीले लगाएको छ ।
Related