गाउँ फर्केर ब्यवसायीक बाख्रापालनमा रमाउदै गुल्मिका युबा
"गाउँ फर्केर ब्यवसायीक बाख्रा पालनलाइ उधमशिलता संग जोड्दै "
तपाईको प्रतिक्रिया





विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले विश्वनै त्रसित छ। नेपालमा पनि लकडाउन भएको दुइसाता वितिसकेको छ ।
मुलुकमा सरकारले लकडाउन घोषण गरेपछि गाउँ फर्कनेहरुको ताँतीनै लागेको छ । तर गाउँलाइ नै कर्मथलो बनाउने गरी फर्कनेहरु भने कमै छन ।
गुल्मिको रुरु गाउँपालिका ३ फेकलदी खर्कमुनिका शिव गौतम त्यस्ता युवा हुन जस्ले बाउबाजेको सम्पति सम्झेर फर्केका मात्र छैनन्। उनले गाउ फर्केर विगत २ वर्षदेखि ब्यवसायीक पशुपालन लाई लाई अगाडी बढाएका छन् ।
उनले लामो समयदेखि छाडेको गाउँ फर्केर ब्यवसायीक बाख्रा पालनलाइ उधमशिलता संग जोड्दै गाउँ फर्केर पनि केहि आयआर्जनका काम गर्न सकिन्छ भन्ने शिक्षा सवैलाई दिएका छन् ।
लामो समय बैदेशिक रोजगारले दिक्क परेका उनलाइ आफ्नै देशमा केहि गर्न मनलाग्यो र त्यो पनि आफ्नै गाउँमा ।वाउवाजेले आर्जेको खेतवारीलाइ कृषि उत्पादनले हराभरा बनाउने संकल्पका साथ उनी गाउँ फर्किएर ब्यवासयीक रुपमा वाख्रापालन शुरु गरेका हुन ।
शुरुमा चुनौति वन्यो उनकालागि तर पनि गाउँमा बस्ने बानि परेपछि विस्तारै बाख्रापालन तिरै उनको दिनचर्या बित्न लाग्यो । २।४ वटा माउ बाख्रापालनबाट शुरु गरेको उनको ब्यवासायीक बाख्रा पालनमा अहिले साना ठुला गरि चार दर्जनको संख्यामा पुगेको छ।
आफ्नै प्रयास आफ्नै लगानी र आफ्नै प्रविधीमा उनको यो प्रयास सफलता तिर उन्मुख छ । अहिले सम्म अढाइ लाख भन्दा बढी आम्दानी गरिसकेको गौतम बताउँ छन् । उनी भन्छन्, ‘यास वर्ष लगानी बढाएर एक सयको संख्यामा बाख्रा बढाउने योजना छ।’
बाख्राको ब्यवसायी पालन गर्न सके राम्रै आम्दानी गर्न सकिने उनी बताउँछन् । ‘बाख्रो पाल्न सके बजारको अभाब छैन । बाख्रा खरिद गर्नका लागि ब्यपारी गाउँमै आउँछन’ उनले भने ।
ब्यावसयीक बाख्रा पालन गरेपनि अहिले सम्म आफुले अनुदानका लागि कुनै निबेदन नगरेको उनले बताए । ‘अहिले भने प्रदेश सरकारमा निवेदन हालेको छु’ उनले भने ।
Related