कोरोना संक्रमित युवतीसंग मुख्यमन्त्री गुरुङले गरे टेलिफोन सम्वाद भने निको भएपछि मात्र घर फर्कनू पर्छ
"उनले कोरोना भाइरसको लक्षणहरु भए नभएको जानकारी लिदै युवतीलाई नआत्तिन भने "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना भाइरस संक्रमित बागलुङकी युवतीसंग टेलिफोनमा कुराकानी गरेका छन् ।
धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वाडमा उपचार गराइरहेकी बागलुङ कुँडुलेका १९ बर्षिय युवतीसंग विहिवार दिउसो टेलिफोनमा कुरा गरेका हुन् । कोरोना संक्रमण देखिएपछ १९ वर्षे सापकोटा धौलागिरी अस्पतालमा उपचाररत छन् ।
मुख्यमन्त्री गुरुङले टेलिफोनमा ती युवतीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । उनले कोरोना भाइरसको लक्षणहरु भए नभएको जानकारी लिदै युवतीलाई नआत्तिन भनेका छन् । आफुले अस्पतालका डाक्टरहरुसंग टेलिफोनमा कुरा गरेको जानकारी गराउदै अलि बढि तातोपानी खान सुझाएका छन् ।
युवतीले मुख्यमन्त्रीलाई आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको वताएकी छिन् । उनले डाक्टरहरु आफ्नो कोठामा नआईकन टेलिफोनबाट सोधपुछ गरेको जानकारी गराएकी छिन् । उनी नेपालकै पाँचो संक्रमित युवती हुन् ।
कतार एयरवेजको विमानबाट चैत ४ गते आएकी उनको थ्रेट परिक्षणको रिपोर्टमा संक्रमण भएको पुष्टी भएपछि धौलागिरी अञ्चल अस्पतातका आइसोलेसन वाडमा उपचार भइरहेको छ ।
Related