• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

व्यवस्थापन चुनौतीपछि काठमाडौं बाहिर पठाउने निर्णयबाट ३ घण्टामै पछि हट्यो सरकार

  •    शुभेच्छा न्यूज  /२७ चैत्र २०७६, बिहीबार १७:०५ ,  प्रकाशीत
  • बिहीबार नै सरोकारवालाहरूसँगको छलफलबाट काठमाडौं बाहिर जाने सर्वसाधरणलाई २ दिनको लागि दिने निर्णय व्यवस्थापनमा समस्या देखिएपछि सरकार पछि हटेको छ ।

    रक्षा मन्त्रालयमा गरिएको पहिलो चरणको बैठकबाट २ दिनलाई बाहिर जान दिने निर्णय लिइएको थियो । तर, दोस्रो चरणमा गृहमन्त्रालयमा चलेको बैठकले व्यवस्थापनमा समस्या परेपछि निर्णय उल्टाएको हो ।

    यसअघि रक्षा मन्त्रालयकै अधिकारीले २ दिनको लागि बाहिर जान दिने निर्णय भएको बताएका थिए । ‘सरोकारवाल मन्त्री ज्यूहरूलाई बोलाएर २ दिन बाहिर जान दिने निर्णय भएको हो’ रक्षा मन्त्रालयका ती अधिकारीले शिलापत्रलाई बताएका थिए ।

    त्यसपछि यातायात व्यवसायीसहितको टिम गृह मन्त्रालयमा छलफल गरे पनि व्यवस्थापनमा समस्या देखिएपछि निर्णय उल्टाइएको हो ।

    नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ अध्यक्ष योगेन्द्र कर्मचार्यले भोलि र पर्सि उपत्यकाबाट यात्रुहरू लैजाने बारेमा आफूहरूसँग छलफल भएको बताए । ‘भोलि र पर्सि लैजाने भन्ने विषयमा छलफल भएको हो । हामीले काठमाडौंभित्र भएका केही गाडी उपलब्ध गराउने भने भनेका छौँ,’ उनले भने ।

    तर, राजमार्गमा कसरी व्यवस्थापन गर्ने र जिल्लासम्मा कसरी पुर्‍याउने भन्ने चुनाैती देखिएपछि उपत्यकाबाट बाहिर पठाउने निर्णयबाट सरकार पछि हटिएकाे हाे ।

    shilaptra.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.