विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २ हजार बढीको मृत्यु भएको छ ।
पछिल्ला एक सातामा औषतमा दैनिक १५ सयका दरले आफ्ना नागरिक गुमाउँदै आएको अमेरिकामा पछिल्लो २४ घन्टामा २ हजार १७ जनाको मृत्यु भएको छ ।
यससँगै अमेरिकामा हालसम्म १८ हजार ६ सय ९९ पुगेको छ । हालसम्म सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको इटालीमा हो । इटालीमा हालसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।
त्यस्तै अमेरिकामा हालसम्म संक्रमितको संख्या ५ लाख नाघेको छ । अहिलेसम्म अमेरिकामा ५ लाख १ हजार ८ सय ८० जना संक्रमित भेटिएको , जसमध्ये पछिल्लो २४ घन्टामा मात्रै ३३ हजार ३ सय १४ नयाँ संक्रमित देखिएका हुन् ।
हालसम्म विश्वभरिमा १६ लाख ९७ हजार संक्रमित भेटिएकोमा १ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लो तथ्यांकअनुसार हालसम्म १६ लाख ९७ हजार ३ सय ५४ जना संक्रमित छन् भने १ लाख २ हजार ६ सय ६४ जनाको मृत्यु भइसकेको छ ।
२ सय १० र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा साढे १६ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण भएको छ । ३ लाख ७६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

१ लाख २ हजार जनाको भने ज्यान गएको छ ।
Related