• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वीरगञ्जमा तीन जना भारतीयमा कोरोनाभाइरसको संक्रमण

"मस्जिदमा बसिरहेका २४ जनाको समूहको बारेमा स्थानीयको खबर पश्चात उनीहरुलाई नारायणी अस्पतालमा ल्याइए "
  •    शुभेच्छा न्यूज  /३० चैत्र २०७६, आईतवार ११:२२ ,  प्रकाशीत
  • वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखिएका तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    उनीहरुमा शनिबार हेटौँडा अस्पतालमा परीक्षण गर्दा कोरोना भाइरस देखिएपछि थप परीक्षणका लागि शनिबार नै काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका दुई अधिकारीहरुले ती तीनजनामा संक्रमण देखिएको पुष्टि गरेका छन्।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित मस्जिदमा बसिरहेका २४ जनाको समूहको बारेमा स्थानीयको खबर पश्चात उनीहरुलाई नारायणी अस्पतालमा ल्याइएको थियो। त्यहाँ तीनजनाको स्वाब संकलन गरी परीक्षणको लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको थियो। उनीहरुलाई अहिले नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।

    उनीहरु भारतीय नागरिक हुन्। नेपाल- भारत सीमा बन्द भएपछि उनीहरु वीरगञ्जमै बसेका थिए।उनीहरु तीनैजनाको परीक्षण गर्दा हेटौँडामा (को-भिड १९) कोरोना भाइरस संक्रमण शंकास्पद पाइएको थियो।

    यी तीनसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या १२ पुगेको छ। यीमध्ये दुईजना टेकु अस्पतालमा छन् भने दुईजना बाग्लुङमै उपचाररत छन्। चार जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

    तीनजना नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा छन्। एक जना सञ्चो भएर घर फर्किसकेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.