• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरद्वारा गण्डकी प्रदेशलाई १ सय पिपिई हस्तान्तरण

"व्यवसायीद्वारा महानगरलाई पिपिई प्रदान "
  •    शुभेच्छा न्यूज  /३० चैत्र २०७६, आईतवार १९:०९ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले स्वास्थ्यकर्मीलाइ प्रदान गर्नका लागि गण्डकी प्रदेश सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । महानगरले आइतबार गण्डकी प्रदेश सरकारलाई १ सय थान सुरक्षा सामग्री (पिपिई) दिएको हो ।

    महानगरका प्रमुख मानबहादुर जिसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १ सय थान पिपिई हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री गुरुङले पिपिई प्रदान गरेकोमा पोखरा महानरपालिकालाई धन्यवाद ज्ञापन गरेको थिए ।

    यसअघि पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्रगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई समेत १ सय थान पिपिई प्रदान गरेको थियो।

    प्रमुख जिसीले शिशुवा अस्पताललाई ४० वटा, मातृशिशु मितेरी अस्पतालमा ४० पिपिई दिने निर्णय भएको जानकारी दिए ।
    उनका अनुसार कास्कीका ४ वटै गाउँपालिकालाई पनि १०÷१० वटा पिपिई दिइनेछ । वैशाख २ गते रुपा, मादी, माछापुच्छे« र अन्नपूर्ण गाउँपालिकाका अध्यक्षलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिने महानगरपालिकाले बताएको छ ।

    व्यवसायीद्वारा महानगरलाई पिपिई प्रदान
    सुपर मादी हाइड्रो पावर र पोखरा अटोवेजप्रालिले पोखरा महानगरपालिकालाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेका छन् ।
    सुपर मादी हाइड्रो पावरका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगाना र अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायण पौडेलले ५०÷५० थान पिपिई महानगर प्रमुख मानबहादुर जिसीलाई हस्तान्रण गरेका हुन् ।

    कोरोना जोखिम बढी रहेको अवस्थामा स्वास्थ्यकर्मीहरुको लागि पिपिई अति आवश्यक भएकाले महानगर मार्फत सहयोग गरिएको उनीहरुले बताए ।

    महानगर प्रमुख जिसीले संकटको बेलामा संस्थाले गरेको सहयोग सह्रानीय रहेको भन्दै धन्यवाद दिएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.