पोखरामा दुबईबाट फर्किएकी महिलामा आरडीटी पोजिटिभ
"नतिजा पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको "
तपाईको प्रतिक्रिया





पोखरामा एक महिलार्मा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।
पोखरा–१२ ढिकालेथरकी ५५ वर्षीय महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो ।पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गरिएको थियो ।
उक्त परिक्षणमा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गर्दा समेत नतिजा पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
आफ्नै घरमा एक्लै बस्दै आएकी उनी २७ दिनअघि दुबईमा रहेका छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएको पोखरा–१२ का वडाअध्यक्ष रामबहादुर कार्कीले बताए ।
Related