• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

समस्यामा परेकालाई पोखरा महानगरले खाना खुवाउने

"खाद्यान्नको अभाव भई चुल्हो बल्न छाडेका ब्याक्तिलाई खाना खुवाउने  "
  •    सुभेक्षा न्युज  /५ बैशाख २०७७, शुक्रबार १९:३९ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले लकडाउनका कारण खाद्यान्नको अभाव भई चुल्हो बल्न छाडेका ब्याक्तिलाई खाना खुवाउने भएको छ।

    महानगरले कोरोना भाइरसको संक्रमणका कारण रोजगारी गुमाएका अति विपन्न,दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई निशूल्क खाना खुवाउने भएको हो ।

    महानगरले बनाएको लाभग्राही छनोट मापदण्ड अनुसार राहत पाउनबाट वञ्चित भएका तथा समस्यामा परेकालाई आवश्यकताका आधारमा वडा कार्यालयको समन्वयमा खाना खुवाउने व्यवस्था गरिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।

    प्रमुख जिसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा महानगरले पूर्ण र आशिंक प्याकेज गरी १९ हजार २ सय २० घर परिवारलाई राहत वितरण गरिसक्दा पनि राहत नपाएको गुनासो आएपछि गुनासो छानबिन गरी केहीलाई घरघर र बसेकै ठाउँमा पुगेर राहत वितरण गरिएको जानकारी गराएका छन् ।

    उनले अबदेखि समस्यामा परेकाहरुलाई महानगरले खाना खुवाउन लागिएको उल्लेख गरेका छन् । ‘लकडाउनका कारण खाद्यान्न अभाव भई चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई आवश्यकताका आधारमा वडा कार्यालयको समन्वयमा खाना खुवाउने व्यवस्था गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘खाद्यान्न नभएर समस्यामा परेकाहरुलाई पायक पर्ने ठाउँमा पुगेर खाना खान अनुरोध छ ।’

    लकडाउन उलंघन नहुने गरी भौतिक दूरी कायम गरी खाना खान सेवाग्राहीलाई अनुरोध गर्दै सोही अनुसार व्यवस्था मिलाउन वडा कार्यालयलाई विज्ञप्तिमा अनुरोध गरिएको छ । ‘सामान्य दाल, भात र सम्भव भएसम्म तरकारीको व्यवस्था गर्छौ’, मेयर जिसीले भने,‘पोखरा महानगर भित्र बस्ने कोही मान्छे पनि भोकै बस्नु नपरोस भन्ने हाम्रो चाहाना हो, साँझ र बिहान पेट भर्ने व्यवस्था महानगरले गर्छ । यस्तो संकटको बेलामा मिठो नमिठो भन्ने कुरा हुँदैन ।’

    महानगरले यी व्यवस्था गर्दा गर्दै पनि कोही कसैले राहत वा खाना खान नपाए महानगरको पैसा नलाग्ने हटलाइन नम्बर ११८१ मा सम्पर्क गर्न अनुरोध गर्दै विज्ञप्तिमा तत्काल समाधान गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    राहत तथा खाना खुवाउने अभियानमा सघाउन आम नगरवासीलाई अपील गर्दै प्रमुख जिसीले जारी गरेको विज्ञप्तिमा सहयोग गर्न चाहनेले पोखरा महानगरको हटलाइन नम्बर ११८१ वा वडा अध्यक्षलाई सम्पर्क गरी खाद्यान्न सहयोग गर्न सकिने छ ।

    ‘विषम पस्थितिमा राहत वितरणलाई व्यवस्थित र एकद्वार प्रणाली मार्फत गर्ने व्यवस्था महानगरपालिकाले मिलाएकोले विभिन्न संघ, संस्था तथा व्यक्तिलाई आफूखुसी राहत वितरण नगर्न अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा पोखरा नगर भित्रका किसानले उत्पादन गरेको तरकारी लगायत खाद्यान्न बिक्री नभएको भए महानगरको कृषि महाशाखा मार्फत् बिक्रीको व्यवस्था महानगरले मिलाएको पनि उल्लेख गरिएको छ ।

    ‘बाहिरी जिल्लाबाट तरकारी आयात र बिक्री वितरणलाई भन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिन सम्बन्धित सरोकारावाला सबैलाई अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

    समस्यामा परेका नागरिकलाई खाना खुवाउने व्यवस्थापन पौरखी स्वयम सेवी समूहले गर्ने महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । उनका अनुसार खाना खुवाउने निश्चित ठाउँ वडामा व्यवस्था नहुँदासम्म पौरखी स्वयम सेवी समूहले निशुल्क रुपमा प्याकिङ खाना उपलब्ध गराउने छ ।

    खानाको लागि ९८५६०२५४९६, ९८५६०३५०५२, ९८५६०७८६४९, ९८५६०३६१७५, ९८५६०३६७३३, ९८५६०५८२८८ मा सम्पर्क गर्न सकिनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.