• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की काँग्रेसद्धारा एक महिनाको राहत प्याकेज माग

  •    शुभेच्छा न्यूज  /७ बैशाख २०७७, आईतवार १६:२८ ,  प्रकाशीत
  • नेपाली काँग्रेस कास्कीले कम्तिमा पनि एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ ।

    ‘सरकारले वितरण गरेको राहत अन्त्यन्तै थोरै छ, १५ दिन लकडाउन गर्दा पाँच दिनलाई पनि नपुग्ने गरी राहत वितरण गरिएको छ, विज्ञप्तिमा भनिएको छ, त्यसलाई तत्काल सुधार गरी कम्तिमा एक महिनाको राहज प्याकेज ल्याउन माग गर्दछौं।’

    कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राजनीतिक दल, सामाजिक संघ संस्थाको सहभागितामा राहत वितरण गर्न भनिएको छ ।

    ‘सामाजिक संघ संस्थासहित सर्वदलिय सयन्त्रमार्फत् राहत वितरण गरौं, विज्ञप्तिमा भनिएको छ, न्युन रहेको राहतलाई बढाउन आवश्यक छ।’

    तथ्यांक संकलन गरी राहत व्यवस्थित र पारदर्शी गनुपर्ने देखिएको भन्दै विज्ञप्तिमा वडामा खाना खुवाउने व्यवस्था पनि अव्यवहारिक भएको जनाइएको छ ।

    विज्ञप्तिमा राष्ट्रिय संकटमा रहेका बेला भूमि समस्या समाधान आयोगमा कार्यकर्ता नियुक्त गरेकोप्रति आपत्ति जनाएको छ ।

    सरकारको सम्पूर्ण शक्ति र स्रोत नै कोरोना विरुद्व लगाउनुपर्ने समयमा आफ्ना कार्यकर्तालाई सुविधा दिन यस्तो नियुक्त गरिएको भन्दै आचोलना गरिएको हो ।

    विज्ञप्तिमा पोखरा १९ घार्मिमा रहेको राष्ट्रिय वन फडानीमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा संलग्न रहेको समाचार सार्वजनीक हुनु दुःखद् विषय भएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    वन फडानीको विषयमा आवश्यक अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न कास्की काँग्रेसले माग गरेको छ ।

    त्यस्तै, चिकित्सक शेरबहादुर पुनलाई कारवाही गर्ने समाचार सार्वजनीक भैरहदा स्वास्थ्यकर्मीको मनोबल घट्ने भन्दै स्वास्थ्यकर्मीलाई अनावश्यक दुःख दिने र मनोबल घटाउने कार्य तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

    कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलका अनुसार पार्टीले पनि कसरी राहत वितरण गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने बताए।

    ‘दुःखका बेला जनतासँगै नजिक छौं, कतिपय स्थानमा राहत वितरण पनि भएको छ, उनले भने, पार्टीको तर्फबाट के गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छौं।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.