आफु खुशी राहतका नाममा सहयोग संकलन गरिए कारबाही गर्ने वडाध्यक्ष बास्तोलाको चेतावनी
" दैनिक ज्याला मजदुरी गर्ने, असहाय, विपन्नहरुलाइ विभिन्न समयमा राहत वितरण "
तपाईको प्रतिक्रिया





विश्वब्यापी रुपमा फैतिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकराले चार सातादेखि मुलुकभर लकडाउन गरेको छ।
जताततै स्कुल, उद्योग कालकारखान, ब्यवासाय लगायत सम्पुर्ण ब्यवसायीक प्रतिष्ठानहरु बन्द छन्। लामो समयसम्म कायम लकडाउनले सवै भन्दा बढी दैनिक ज्यालादारी र मजदुरी गरेर दैनिकी चलाउदै आएका नागरिकहरु मारमा परेका छन् ।
ज्याला, मजदुरी गरेर बिहान बेलुकाको छाँक टार्दै आएका विपन्न बर्गका नागरिकका लागि विभिन्न संघसंस्था र सरकारका स्थानीय निकायहरुले राहतका प्याकेजहरु ल्याएका छन् ।
यसै क्रममा मजदुर र ज्यालादारीमा काम गर्नेहरुका लागि भनेर केही ब्याक्ती बिषेशले आपूmखुसी पैसा उठाउने गरेका समेत समाचारहरु आइरहेका छन्।
राहतकै लागि स्थानिय निकायहरुले समेत कोष खडा गरेका छन् । पोखरा महानगरपालिका वडा नं ४ ले समेत राहत वितरण गरिरहेको छ ।
वडाले दैनिक ज्याला मजदुरी गर्ने, असहाय, विपन्नहरुलाइ विभिन्न समयमा राहत वितरण गर्दै आएको वडाध्यक्ष शंकर बास्तोलाले जानकारी गराएका छन् ।
नेपाल सरकार, स्थानिय निकाय लगायतले सर्वसाधारणलाइ यथासक्य दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन प्रयासरत रहेको र कुनै नागरिकलाई पनि भोकै बस्न नदिन वडा ४ समेत तत्पर रहेको उनले बताए ।
आवश्यक राहत उपलब्ध गराउँदा समेत केही दिनदेखि वडामा रहेका विभिन्न संघसंस्था, वैदेशिक दातृ संस्था तथा सामाजिक अभियन्ताका नाममा स्वदेशी तथा विदेशी व्यक्तिहरुबाट कोरोना भाइरस कारण देखाइ विभिन्न सहयोग रकम उठाइरहेको सूचना प्राप्त भएसँगै वडाले ध्यानाकर्षण गरेको छ ।
वडाध्यक्ष शंकर बास्तोलाले वडासँग सम्पर्क वा समन्वय नगरि आफु खुशी राहतका नाममा सहयोग संकलन गर्नेलाइ कारबाहीको दायराभित्र ल्याइने बताएका छन् । सरकारले एकद्वारप्रणालीबाट राहत वितरण गर्ने नीतिनियम बनाएका बेला आफुखुशी राहत संकलन गर्नुको तुक नरहेको उनको भनाइ छ ।
भाइरसका नाममा उक्त संकलन कार्यक्रम गरिएको भए स्थगित गर्न बास्तोलाले आग्रह गरे ।कसैले सहयोग गर्न चाहेको खण्डमा वडासँग समन्वय गर्न सकिने उनले बताए ।
Related