बैदेशिक राजगारीबाट फर्केर गाउँमा कृषिकर्ममा जुट्दै युबाहरु
"आफ्नै बाबुबाजेले जोड्को गाउँको जायजेथामा रमाउँदै "
तपाईको प्रतिक्रिया





वैदेशिक रोजगारीबाट कमाएको पैसाले धेरै जसोले सहरबजारमै घर जग्गा जोड्ने चलन छ।
तर गुल्मिका रुरु गाउँपालिका ३ का हुतराज गौतम भने वैदेशिक रोजगारीमा रामै्र पैसा कमाएको भएपछि आफ्नै बाबुबाजेले जोड्को गाउँको जायजेथामा रमाउँदै छन ।
बिक्रम सम्वत २०६५ मा वैदेशिक रोजगारीका लागि कोरिया पुगेका उनि साढेसात वर्ष उतै बिताएर २०७१ सालमा आफ्नै गाउँ गुल्मी जिल्लाको थोर्गा फर्कीए।
‘बैदेशिक रोजगारीको शिलसिलामा लामै समय कोरियामा काम गरे । कमाइपनि राम्रै थियो ।शहर बजारमा एउटा सानो टुक्रा जग्गा लिएर बास बनाउन सक्थे ।तर मलाइ आफ्नै गाउँ पाखापखेराको मायाले तान्यो’ उनले भने। ‘वैदेशिक रोजगारी पछि सिधै गाउँ फर्केँ। कमाएको जति गाउँमै लागनी गरे ।’
गाउँ फर्केपछि उनको समृद्दीको यात्रा शुरु भयो आफ्नो पु्ख्र्याैली थलोको बँझोबारी खनजोत भत्केको घर मर्मत संभार गरे । कोरियाबाट फर्केकै वर्ष बारीमा दुइ दर्जन भन्दा बढी कागतीका बोट लगाएर उनले कृषि कर्म शुरु गरे । ति कागतिका बोटहरु यस वर्ष राम्रै फुलेका छन । अब,कागतीले राम्रो उत्पादन दिने आशामा उनी छन्।
अहीले उनको बारीमा सानाठुला गरि एक सय भन्दा बढी कागतिका बोट रहेका छन । यस बर्ष २ सय बोट पु¥र्याउने उनको योजना छ ।
उनले वारीमा माछापालन र सिँचाइ गर्नका लागि पक्की पोखरी, कुखुरा पालनका लागि सुविधा सम्पन्न दुईवटा खोर समेत निर्माण गरिएका छन ।
कोरियाको रोजगारीबाट फर्केका प्रितम श्रेष्ठ र उनका आफन्त उद्दव गौतमले समेत गाउँमा थानपति कृषि तथा पशुपंछी फर्म दार्ता गरेर लोकल तथा बोइलर जातका कुखुरा पालन गर्दै आएका छन् । उनीहरले अहिले गाउँमै सँगै केहि व्यक्ति लाई रोजगारी समेत दिएका छन् ।
कृषिमै आफुलाइ कृयाशिल बनाएका उनीहरुले गाउँमा कृषि सञ्जाल समेत गठन गरेका छन् । गौतम संञ्जालको सचिव बनेका छन्। उनको रिडी बजारमा चस्मा पसल समेत सञ्चालन गर्दै आएका छन्।
विदेशबाट फर्केकाहरुको संगठन रिटर्नी माइग्रेन्ट नेपालका जिल्ला सचिव समेत रहेका उनले राज्यले विदेशबाट फर्केकालाई विशेष कार्यक्रम ल्याउनु पर्ने बताउँछन्।
उनकी श्रीमती ईन्दु गौतम पनि लामो समय कोरियामा बसेर फर्केकि छन । उनले अहिले श्रीमान हुतराज गौतमको कृषि अभियानलाइ साथ दिइरहेकी छन ।
कृषि छेत्रमा राज्यले दिएको अनुदान दुरुपयोग भएकोमा उनको मन दूखेको छ उनी ‘भन्छन अनुदान वास्तविक किसानले पाउनु पर्छ ।’
Related