• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा भोकालाई खानाख्वाउने अभियान ; पाँच दिनमा ४ हजार ३ सयलाई खाना

  •    शुभेच्छा न्यूज  /१० बैशाख २०७७, बुधबार १८:४७ ,  प्रकाशीत
  • लकडाउनका कारण आर्थिक संकटमा परेर खानाखान नपाएकालाई पोखराका युवाहरुले निःशुल्क खाना खुवान अभियान चलाएका छन् ।

    केही पोखरलेली युवाहरुको संलग्नतामा पौरखी स्वयम सेवक समुह बनाएर खान नपाएका विपन्नलाई खाना पकाएर घर सम्म नै निःशुल्क पु¥याइदिने गरेका छन् ।

    उनीहरुले पाँच दिनमा ४ हजार ३ सयलाई निःशुल्क खाना खुवाएका छन् । शनिबार देखी शुरु भएको भएको अभियानमा बुधबार साँझ सम्म ४ हजार २ सय ९९ जनालाई खाना खुवाएका हुन् ।

    युबाहरुले सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्था भएका, हिडेर गन्तव्य जादै गरेकालाई खाना दिने गरेका छन् । युवाहरुले खाना पकाएर प्याकिङ्ग गरेर खाना पु¥याउने गरेका छन् ।

    पोखरा ७ शान्ति नगरमा रहेको शान्तिनगर व्याङक्युटमा खाना पकाउने गरिएको उनीहरुले बताएका छन् । खाना प्याक गरेर खाना नपाएको खबर आए पछि सोही ठाउँका स्थानी, जनप्रतिनिधि र प्रहरीसंग समन्वय गरेर खाना पु¥याउन गरिएको पौरखी स्वयम सेवक समुहका जनक पराजुलीले बताए ।

    पहिलो चरणमा आफुहरुले नै नगद उठाएर विहान र बेलुकाको खानाको प्रबन्ध गरेको उनले बताए ।घरमा चुल्हो बल्नै छाडेको अवस्थामा समुहका सदस्यलाई टेलिफोन वा अन्य कुनै माध्यमले सम्पर्क गर्नेहरुलाई उनीहरु भएकै ठाउँमा खाना पु¥याउने गरिएको स्वयम सेवी समुहका अर्का सदस्य राजु शर्माले बताए ।

    उनले विहान ८ बजेदेखि १० बजेसम्म साँझ ५ बजेदेखि खाना पु¥याइदिने गरेको बताए। उनले खानाका प्याकेटमा दाल, भात, अचार र तरकारी सहित प्याकिङ्ग गरिने गरेको बताए ।

    ‘यस लकडाउनको अवधिमा कोही भोकै बस्न नपरोस् भनेर खाना खुवाउने काम थालेका हौ,’ अर्का सदस्य विष्णु प्रसाद पौडेलले भने ‘धेरै जना भोक भोकै परेको सुने पछि यो अभियान शुरु गरेका हौ ।’

    उनले कामका लागि सहयोगी दाता र सहयोगी मन दिन दिनै थपिदै गएको बताए । खान पाइँएन भन्नेहरु पनि दिनदिनै बढ्दै गएको उनले बताए । खानै नपाउने अवस्थाको ठुलो परिवार छ भने पोखरा महानगरलाई नै राहतको व्यवस्था गर्न भनेको उनले बताए ।

    शनिबार विहानबाट शुरु भएको अभियानमा पाँच दिन सम्ममा ४ हजार २ सय ९९ जनालाई खाना निःशुल्का पु¥याइसकेको समुहका अर्का सदस्य खेमराज तिमिल्सिनाले बताए । उनले शनिबार विहान बेलुका गरे ३ सय ११ जना, आइतबार विहान बेलुका ९ सय ४५ र सोमबार विहान बेलुका १ हजार ४९, मंगलबार ८ सय ५१ जना र बुधबार १ हजार १ सय ४३ जनालाई खाना पु¥याएको उनले बताए ।

    पोखरा महानगरले समन्यको भुमिका खेले छ भने दिदि बैहिनी फाण्डेसनले दैनिक १ सय खानामा सहकार्य गर्दै आएको उनले बताए ।

    पोखरा महानगरमा खानाको लागि ९८५६०२५४९६, ९८५६०३५०५२, ९८५६०७८६४९, ९८५६०३६१७५, ९८५६०३६७३३, ९८५६०५८२८८ मा सम्पर्क गर्न सकिनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.