• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ब्यासायीक तरकारी उत्पादनको अगूवा बन्दै गुल्मिका लेखनाथ

"तरकारी उत्पादनबाट वार्षिक तीन चार लाख आम्दानी "
  •     कृष्ण अन्जान ज्ञवाली  /१० बैशाख २०७७, बुधबार १३:४५ ,  प्रकाशीत
  • आफनै बाबु बाजेको जायजेथामा लडिबुडी खेल्दै झण्डै पाँच दशक बितइसके गुल्मिका लेखनाथ गौतम।उनले आफ्नो गाउँलाइ कर्मथलो बनाएर सपना विपना सवै आफ्नै खेत बारीमै बिताए।

    उनको रुरु गाउँ पालिका ३ को फेक्लदीदेखि अलि कोल्टे परेको रिप तिरको पाखोबारीमा विगत २० वर्ष देखि टनेल प्रविधिमा टमाटर उत्पादन गर्दै आर्थिक आयआर्जन गर्दै आएका छन्। गौतमले पछिल्ला तेह्र वर्षदेखि व्यवसायिक रुपमा काउली खेती समेत गर्दै आएको बताए ।

    उनले पाखोबारीमा घिरम्ला लौका सिमी करेला बन्दा लगायतका मौसमी तलकारी लगाएर राम्रै आम्दी गर्दै आएको बताए। आफ्नो बारीमा बिशेषगरी टमाटर र फुलगोभिको उत्पादन राम्रो हुने गरेको उनले बताए।

    बारीमा चारैतिर टनेल निर्माण गरेर उनले सयौ क्विन्टल टमाटर उत्पादन गरेको अनुभव अहिले पनि ताजै छ उनि सँग । उनले तीनवटा स्थायि टनेल निर्माण गरेर टमाटर लगाउनदै आएका छन्। त्यसैगरी बारी भरी विभिन्न प्रकारका तरकारी खेती गरिरहेको उनी बताउँछन्।

    अहिले सम्म उनले बारीमा कृषि कर्मका लागि ८।९ लाख रुपैयाँ लगानी गरिसकेको बताए। तरकारी उत्पादनबाट वार्षिक तीन चार लाख आम्दानी गर्ने गरेको गौतमले बताए। ‘म रोजागारिका लागि न कतै एकमो छु । न कुनै जागिर नै गरेका छु’ उनले भने । ‘मेरो जागिर भनेनी, ब्यवसाय भनेनी यही हो।’ उनले यहि कृषि कर्मबाट छोरीलाइ कृषि प्राविधिक र छोरालाइ ओभरसियर बनाएको बताए ।

    केही समय पहिले उनले उत्पादन गरेका तरकारीहरु रुरु गाउँपालिकाको रिडी बजार पु¥याउँथे भने आजकल उनका उत्पादन गाउँकै पैँचो पसलले खरिद् गर्न थालेपछि धेरै सजिलो भएको छ ।

    गौतमको कृषिकार्यको मुल्याँकन गर्दै रुरु गाउँपालिकाले उत्कृष्ठ पुरस्कार प्रदान गरिसकेको छ। उनले यस अघि रुरु महोत्सवमा काउली उत्पादनका छेत्रमा जिल्लाकै दोस्रो पुरस्कार पाउन सफल भएका छन ।

    उनले आफ्नो उत्पादनमा आफै प्राविधीको काम गर्छन । उनको आफ्नो गौतम कृषि फार्ममा उत्पादन हुने तरकारीमा पुर्ण प्रांगारिक मल प्रयोग गरिने भएका कारण आफ्ना उत्पादन अर्गानिक भएको गौतम बताउँछन्।

    उनले कृषकहरुको बर्गिकरण गरेर राज्यले अनुदान तथा प्राविधिक सहायोग गर्नु पर्ने बताउँछन् । बिउ विजन र मल लगायतको समस्यमा संग कृषकहरुले विभिन्न समस्यमा झेल्नु परेको विगत उनी सम्झन्छन्।

    राजनैतिक पार्टीका नेताहरुले भाषणमा किसानलाइ ऊत्पादन गर्न उक्साएपछि बजारीकरणको सहजीकरणमा ध्यान नदिएको उनको भनाइछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.