लक्ष्मीपुर पत्तारी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता घर घरमा गई बितरण गर्ने
तपाईको प्रतिक्रिया





महेश सिंह
बिश्वब्यापी रुपमा महामारीका रुपमा फैलिएको (कोभिड १९) कोराना भाईरस नियन्त्रण गर्न सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाले पहिलो चरणको राहत वितरण गरेको छ।
वडा नम्बर १ देखि ६ सम्ममा करिब २१ लाख वराबरको राहत समग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादबले जानकारी दिए।
चैत्र १९ गते संघिय सरकारले जारी गरेको परिपत्र अनुसार गाउँपालिकाका १ हजार ९ सय ४० घरधुरीमा राहत बितरण गरीएको अधिकृत यादबले बताए । प्रत्येक वडाका लागि ३ लाख ५० हजारका दरले बिनियोजन गरेको बजेटबाट राहत सामग्री खरिद गर्न वडा अध्यक्षलाई जिम्मेवारी तोकिएको थियो।
घरधुरीको हिसाबले वडा अध्यक्ष, सचिब र सदस्यहरुले चामल दाल नुन तेल लगायतका राहत सामग्री वितरण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष देब कुमार यादबले जनाए ।
यसैबिच कोरोनालाई नियन्त्रण गर्न नेपाल सरकारले जारी गरेको लकडाउनलाई प्रभाबकारी रुपमा पालना गर्न गाउँपालिकाका जनप्रतिधिहरु घर–घरमा गई जनचेतना फैलाउने काम समेत गरेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताए।
लकडाउनको पालना गर्न यस पालिकाका प्रत्यक घरघरमा गई समाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको उनले बताए । बैङ्कमा जान सेवाग्राहीलाई समस्या पर्ने भएको हुँदा माहामारीलाई मध्यनजर गरी घर– घरमा गई समाजिक सुरक्ष भत्ता बाँडने निर्णय गरेको उनको भनाई छ।
पहिलो चरणको राहत बितरण गर्दा समुदायबाट आएका गुनासो र सुझाबहरुलाई मध्यनजर गरी दोस्रो चरणको राहत बितरणका लागी कर्मचारीहरुले नामाबली संङ्कलन गर्ने र दोस्रो चरणको राहत बितरण समेत गरिने अध्यक्ष साहले बताए।
पहिलो चरणमा छुटेका बिपन्न बर्ग र मजदुरहरुलाई दोस्रो चरणको राहत बितरणमा सहभागी गराईने गाउँपालिका अध्यक्ष साहको भनाई रहेको थियो ।
Related