कोरोना जितिन् १९ बर्षिय बागलुङकी अंशुले
"चैत ४ मा नेपाल आएकी सापकोटालाई घरमा पुगेको एक–दुई दिनमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण "
तपाईको प्रतिक्रिया





एक महिना लामो आइसोलेसन बसाइपछि पाँचौं कोरोना संक्रमित बागलुङकी १९ वर्षीया अंशु सापकोटा निको भएकी छन् । एक महिनाभन्दा बढी अस्पताल बसेर उनी डिस्चार्ज भएकी हुन् ।
बेल्जियमबाट चैत ४ गते नेपाल आएकी बागलुङ ४ कुँडुलेकी १९ वर्षीया अन्सु सापकोटामा चैत १० गते कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
बागलुङ नगरपालिका ४ कुँडुलेकी सापकोटा गत पुस तेस्रो साता बेल्जियममा आमाबाबु भेट्न गएकी थिइन् । गाउँमा हजुरबुबा, हजुरआमासँगै बस्ने सापकोटा साढे दुई महिनापछि नेपाल फर्केकी थिइन् ।
गत चैत ४ मा नेपाल आएकी सापकोटालाई घरमा पुगेको एक–दुई दिनमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखियो । चैत १२ गते उनको स्वाब संकलन गरेर काठमाडौं पठाएपछि चैत १५ गते कोरोना भाइरस पोजिटिभ पुष्टि भयो ।
शुक्रबार राती धौलागिरी अस्पताल बागलुङले सापकोटालाई डिस्चार्ज गरेको थियो । उनी शुक्रबार राती नै घर पुगेकी छन् । सापकोटा नेपालमा कोरोना संक्रमण हुने पाँचौँ व्यक्ति हुन् ।
सापकोटाले गाउँमा गएर सचेतना फैलाउने बताइन् । ‘गाउँमा गएपछि कोरोना संक्रमणविरुद्ध लड्न नियमित तातोपानी खानुपर्ने कुरा सिकाउँछु,’ सापकोटाले भनिन्, ‘ढुक्क भएर नबस्ने, स्वास्थ्यबारे ख्याल राख्ने गर्छु ।’
Related