• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरद्धारा प्रसुती सेवाका लागि निशुल्क एम्बुलेन्स

  •    शुभेच्छा न्यूज  /१५ बैशाख २०७७, सोमबार १३:२१ ,  प्रकाशीत
  • देश लकडाउनमा छ । सवारी सधान चलेका छैनन् । सवारी चलाउन पास चाहिन्छ । कोरोना भाइरसका कारण प्रसुती सेवा लिन समस्या नहोस भनेर पोखरा महानगरले निशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने निर्णय गरेको छ ।

    पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना संक्रमण नियन्त्रण मुल समितिको सोमबार बसेको बैठकले प्रसुती सेवाका लागि अस्पताल जानुपर्ने गर्भबती महिलालाई निशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने निर्णय गरेको हो ।

    कुनै पनि महिलाले प्रसुती सेवा समयमै नपाएर समस्या भोग्न नपरोस भन्ने उद्देश्यले एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख गुरुङले बताइन् ।

    लकडाउनका कारण सवारी साधनको अभावमा प्रसुती सेवाका लागि अस्पताल जान समस्या हुने र ज्यानै जानसक्ने अवस्था आउने भएकाले महिलाहरुको समस्यालाई ध्यानमा राखेर यो निर्णय गरेका हौ उनले भनिन् ।

    महानगरले प्रसुती सेवा लिन अस्पताल जानुपर्ने अवस्थाका महिलाका लागि चार वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताए ।

    आज विहान निर्णय भयो, त्यसपछि हामीले एम्बुलेन्सको ब्यवस्था गरेका छौ उनले भने, “एम्बुलेन्सका लागि पोखरा महागनरपालिका वडा नम्वर २० भलाम, पोखरा २४ पामे, पौखरा ३१ बेगनास र पोखरा १९ लामाचौरमा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौ ।”

    उनका अनुसार एम्बुलेन्स सेवाका लागि ९८४६०२४४४६,९८४२००५१००, ९८०६५२९४६४ र ९८५६०२६५७४ मा सम्पर्क गर्न सकिने छ ।

    त्यस्तै बैठकले आगामी दिनको (लकडाउन खुलेपछि) सुरक्षा कार्ययोजना तयार गर्न विज्ञ टिम गठन गर्ने र स्वास्थ्य विज्ञको सुझाव अनुसार कार्ययोजना बनाएर अगाडी बढने निर्णय गरेको समितिका सदस्यसचिब किरण कोइरालाले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.