• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सांसद कोइरालाको विकास निर्माणमा चासो, अनुगमनमापुगे वेगनासताल

"कोइरालाले मंगलबार आफ्नै निर्वाचन क्षेत्र बेगनास ताल बाँधमा भइरहेको कामको अनुगमन गरे "
  •    शुभेच्छा न्यूज  /१६ बैशाख २०७७, मंगलवार १३:३६ ,  प्रकाशीत
  • कास्की क्षेत्रनं १ (क) बाट निर्वाचित प्रदेश सांसद दीपक कोइरालाले अनुगमनलाई निरन्तरता दिएका छन् ।

    गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति समेत रहेका कोइरालाले मंगलबार आफ्नै निर्वाचन क्षेत्र बेगनास ताल बाँधमा भइरहेको कामको अनुगमन गरेका हुन्।

    कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने देशकै महत्वपुर्ण ताल मध्यको वेगनास ताल पनि रहेकोले बाँध निर्माणले तालको शुन्दरतामा पनि सहयोग पुग्ने विश्वास ब्यक्तगरे ।

    विश्वभर फैलिएको कोभिड १९ (कोरोनाभाइरस)को कारण निर्माण सामाग्री र मजदुर ल्याउन समस्या भए आफुले सहयोग गर्ने निर्माण कम्पनीलाई बिश्वास दिलाए।

    अब विकासको काम गर्दै जानु पर्ने भएकोले बेरोजगार भएका मजदुरलाई काम गर्ने बातावरण बनाउने तर्फ सवै लाग्नु पर्नेमा उनको जोड थियो।

    सुरक्षा विधि अपनाएर श्रमिकलाई काममा लगाउन निर्माण कम्पनीलाई आग्रह गरे ।सांसद कोइरालासंगै अनुगमनमा पुगेका जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले बाँध निर्माण २ करोडको लागतमा हुन लागेको बताए।

    कैलाश पर्वत निर्माण सेवाले ठेक्का पाएको बाँध निर्माणको काम यहि असार मसान्त सम्म सम्पन्न गर्ने लक्षरहेको उनले बताए।

    लकडाउनको कारण केही दिन काममा बाधा भएपनि त्यस क्षेत्रका सांसद कोइराला सहित सवैको सहयोगले निर्माण सुचारु भएको उनको भनाइ छ।

    उक्त योजनाका इन्जििनियर मोहन राज आचार्यले २०४५ सालमा निर्माण भएको वेगानास ड्याम अहिले मर्मत तथा निर्माण भएपछि पाइपिङ हुने समस्या नआउने बताए। बाँध पुरानो हुदै गएपछि विस्तारै तालको पानी बाँधबाट छिरेर बाहिर आउने (पाइपिङहुने) आचार्यको भनाई थियो ।

    अहिलेभएको पुर्ननिर्माणले ड्यामको आयु बढाउनुको साथै क्षयलाई रोक्नमद्यतपुग्ने बताइएको छ । स

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.