महेश सिंह
सिरहाको बरीयारपट्टी गाउँपालिकामा सोमबार देखि विश्व – महामारी कोभिड – १९ कोरोना प्रभावित बिपन्न बर्गहरुका लागी राहत वितरण कार्य सुरु भएको छ ।
पहिलो चरणमा आज गाउँपालिकाको वडा नं. ४ र ३ मा राहत बितरण भएको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष कुमार महतोले जानकारी दिए।
वडा नम्बर ४ मा पाँच सय ५० र वडा नम्बर ३ मा छ सय ६३ घरघरधुरीमा राहत बितरण भएको हो ।
बितरित रहातमा चामल २५ किलो , दाल ३ किलो , नुन २ पाकेट , चिनी २ किलो , खाने तेल २ लिटर , कपडा धुने साबुन २ पिस , नुहाउने साबुन २ पिस लगायत राहत वितरण गरेको जनाईएको छ ।
प्रति घर – परिवार २ जना रहेको दुईटै वडाका ८४ घरधरीहरुमा चामल १५ किलो , दाल २ किलो , नुन १ पाकेट , तेल १ पाकेट , चिनी १ किलो , कपडा १ पिस , नुहाउने साबुन १ पिस बितरण गरेको प्रमुख प्रसाशकिय अधिकृत अशोक कुमार सिंहले बताए ।
सामाजिक दुरी कायम गर्न शस्त्र प्रहरी बलका प्रहरी जवान, स्वयम सेवक , कर्मचारी लगायत स्थानिय जन –प्रतिनिधिहरु खटिएका थिए ।
गाउँपालिाका अध्यक्ष महतेले सरकारले २०७६ चैत्र १९ गते जारी गरेको निर्देशिका अनुसार नै गाउँपालिकामा राहत बितरण गरीएको बताए।

Related