• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लकडाउनमा मुस्ताङ्गेको पीडामा मल्हमपट्टी गर्दै सांसद विष्ट

  •    शुभेच्छा न्यूज  /१८ बैशाख २०७७, बिहीबार १९:१७ ,  प्रकाशीत
  • हिमाली जिल्ला मुस्ताङबासीको आफ्नै दुख पिडा छ । हिमाली क्षेत्र भएका कारण पनि यातायात लगायतको साधनहरु भनेको वेला पाइन मुस्किल पर्छ । यतिवेला सरकारले लकडाउन जारी संगै मुस्ताङमा यातायातको आवतजावत ठप्प छ ।

    मुस्ताङबासीहरुको मुख्य पेशा भनेकोनै कृषी र पर्यटन नै हो तर लकडाउनका कारण त्यहांका ब्यवशायी र कृषकहरुभने समस्या झेल्न बाध्य छन । मुस्ताङमा लकडाउन जारी रहदा पर्यटन उद्योग त ठप्पनै छ भने त्यहां उत्पादन हुने कृषीउपज पनि खेर जाने अवस्थामा छ ।

    पर्यटक र सवारी साधन चल्न नसक्दा उक्त क्षेत्रमा उत्पादन भएका सागपात जस्ता कृषीजन्य उपजले बजार पाउने कुरै भएन । यतिवेला मुस्ताङको मार्फामा साग उत्पादन भइरहेको छ, बजार नखुल्दा सागले मुल्य पाउने भन्दापनि त्यसै बारीमा खेर जाने अवस्था आइपरेको छ ।

    मुख्य पेशानै कृषी अंगालेर बसेका मार्फाबासीको समस्यालाई भने यतिवेला केही हद सम्म त्यहांका सांसद इन्द्रधारा विष्टले समाधान गर्ने कोशिस गरेका छन ।

    लकडाउनका कारण त्यहाका अति विपन्न त्यसमा पनि कृषीमा निर्भर भएकाहरुलाई मध्येनजर गरी सांसद विष्टले त्यहांका कृषकबाट आफ्नै पैसाले मार्फाको साग खरिद गरी पोखरामा कोरोनाको संक्रमणमा अग्रपङ्तिमा कार्यरत सुरक्षा निकाय, स्वास्थ्यकर्मी र संचारकर्मीलाई निशुल्क वितरण गरिरहेका छन ।

    मुस्ताङ आफैमा भौगोलिक बनोटमा फरक भएको जिल्ला त्यसमा पनि लकडाउनका कारण थप मर्कामा परेका कृषकलाई राहत प्रदान गर्ने उद्देश्यले मुस्ताङमा खाद्यान्न लगायतको सामाग्री पुर्याएर फर्केका ट्रकमा साग ल्याएर पोखरामा वितरण गर्ने गरेका हुन । यसका लागी त्यहांका ब्यवशायीहरुले निशुल्क ढुवानीको ब्यवस्था समेत मिलाएको सांसद विष्ट वताउछन ।

    लकडाउनको समयमा मार्फामा उत्पादन भएको साग त्यसै खेर जान थालेपछि उनीहरुलाई केही राहत होस कृषकले उत्पादन गरेको साग कुहिएर नजाओस भनेर आफुले तीन महिनाको सेवा सुविधाको रकमबाट साग किनेर पोखरामा वितरण गर्दै आइरहेको सांसद विष्टले वताए ।

    हाल सम्म ३ हजार केजी साग पोखरा ल्याएर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीलाई वितरण गरिसकेको र फेरी पनि दुइ हजार केजी साग खरिद गरी पोखरामा वितरण गर्ने उनको योजना रहेको छ ।विहीबार विशेष गरी पोखराका पत्रकारहरुलाई लक्षित गरी मार्फाको साग वितरण गरियो ।

    सञ्चारकर्मीहरु पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै कोरोना संक्रमणको अग्रपङ्तीमा रहेर काम गर्ने भएकाले आफुले मार्फाको साग वितरण गरेको विष्टले वताए ।

    सांसद विष्टले साग मात्र वितरण नगरेको र उनले यसअघिपनि उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका जनताहरु पोखरा र काठमाण्डौमा रहेकालाई मुस्ताङ फर्काउने काममा निकै ठूलो भुमिका खेलेका थिए।

    सांसद विष्टले कोरोना संक्रमणलाई मध्येनजर गरी यसअघि दुइ महिनाको सेवा सुविधाबाट प्राप्त हुने रकमलाई खर्चेर मुस्ताङका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार र जनपैतिनिधीहरुलाई लक्षित गरी सेनेटाइजर, मास्क र पन्जाहरु समेत वितरण गरिसकेका छन ।

    त्यसैगरी उपल्लो मुस्ताङबाट हिउदको जाडो छल्न पोखरा झरेका र लकडाउनकै कारण पोखरामा अड्केका विद्यार्थी र स्थानियहरुलाई आफ्नो संयोजकत्वमा विभिन्न ब्याक्तिको सहयोगमा दुइ लाख बरावरको खाद्यान्न समेत वितरण गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.