• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महानगरद्वारा सरसफाइ कर्मचारीलाई सुरक्षा सामग्री प्रदान

  •    शुभेच्छा न्यूज  /१९ बैशाख २०७७, शुक्रबार १४:४६ ,  प्रकाशीत
  • मे १ अर्थात मजदुर दिवसमा पोखरा महानगरपालिकाले सरसफाइ शाखा र ल्यान्डफिल साइटमा कार्यरत कर्मचारीलाई सुरक्षा सामग्री प्रदान गरेको छ ।

    कोरोना भाइसरको जोखिम रहेको बेलामा सरसफाइ र ल्यान्डफिलसाइटमा काम गर्ने कर्मचारीको सुरक्षाको लागि सामग्री महानगरपालिकाले प्रदान गरेको हो ।

    पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सरसफाइ शाखा प्रमुख कल्पना बराल र ल्यान्डफिल साइटका इन्चार्ज रेशम जिसीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

    सरसफाइ शाखामा २० जना र ल्यान्डफिल साइटमा १२ जना कर्मचारी कार्यरत छन् । ३२ जना कर्मचारीलाई सर्जिकल मास्क, गमबुट, सेनिटाइजर, पञ्जा साबुन प्रदान गरिएको हो ।

    सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिसीले कर्मचारीको स्वास्थ्यको सुरक्षाप्रति महानगर सचेत रहेको बताउँदै कर्मचारी स्वास्थ्य बिमालाई पनि महानगरले प्राथमिकतामा राखेको बताए ।

    कोरोना महामारीको समयमा सचेत भएर काम गर्न पनि कर्मचारीलाई जिसीले आग्रह समेत गरेका छन् । कर्मचारीलाई अनिवार्य रुपमा सामग्री प्रयोग गरेर मात्र काम गर्न पनि जिसीले निर्देशन दिए ।

    कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ सहभागी थिइन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.