• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अन्नपूर्ण पदमार्गमा आएकोे हिमपहिरोमा हराएका सातै जनको शब भेटियो

"चार कोरियाली पदयात्री र उनीहरुका तीन नेपाली पदयात्री सहित सात जना हिउँमा पुरिएर हराए "
  •    शुभेच्छा न्यूज  /१९ बैशाख २०७७, शुक्रबार १६:४५ ,  प्रकाशीत
  • अन्नपूर्ण पदमार्गमा आएकोे हिमपहिरोमा हराएकामध्ये थप २ जनाको शव फेला परेको छ । गत ३ माघ अन्नपूर्ण पदमार्गको हिँकु खोँचमा आएको हिमपहिरोमा हराएकामध्ये २ जना शव फेला परेपछि हराएका सबै सात जनाको शब भेटिएको हो ।

    अन्नपूर्ण गाउँपालिका– ११ स्थित अन्नपूर्ण आधार शिविर (एबीसी) जाने पदयात्रा मार्गको हिंकु खोचमा हिउँ पहिरो आउँदा चार कोरियाली पदयात्री र उनीहरुका तीन नेपाली पदयात्री सहित सात जना हिउँमा पुरिएर हराएका थिए।

    हराएका अन्य पदयात्रीको शव यसअघि नै भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता एवं डीएसपी राजकुमार केसीले शुक्रबार विहान एक कोरियाली पर्यटक र एक नेपाली मजदूरको शव भेटिएको बताए । उनका अनुसार भेटिएका शब मध्ये एउटा नेपाली पोर्टर छिरिङ भोटेको रहेका छन् ।

    यसअघि नेपाली गाइड सरोज परियारको शव गत फागुनमा भेटिएको थियो । अर्का नेपाली पोर्टर मेमबहादुर तामाङको शव यही बैशाख ११ गते भेटिएको थियो भने दुई कोरियालीको शव गत शनिबार र अर्का एक कोरियालीको शव गत सोमबार भेटिएको थियो ।

    शव भेटिएका कोरियालीमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सुक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेका छन् ।

    चार हजार एक सय ३० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविरको पदयात्रामा हिंडेका पदयात्री, गाइड र पोर्टर भारी हिमपात हुँदा गन्तव्यमा पुग्न नसकी फर्कने क्रममा हिंकु केभ क्षेत्रमा आएको पहिरोमा परेका थिए ।

    खोजी तथा उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय सेन्चुरी युवा क्लब, ट्रेकिङ एजेन्सिएज एशोसिएशन अफ नेपाल (टान), अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र स्थानीय होटल व्यवसायी जुटेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.