बैदेशिक रोजगारीबाट फर्कीएर गाउँमै घास खेति, एकै सिजमा ३ लाख आम्दानी
"बिदेशी भुमीमा बगाउने पसिना आफ्नै ठाउँमा बगाउने हो भने यही राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण "
तपाईको प्रतिक्रिया





महेश सिंह
आर्थिक अभाबका कारण सिरहाको नबराजपुर गाउँ पालीका ३ बस्ने २९ वर्षिय फुलदेब सक्सेनाले माध्यामिक तहको शिक्षा समेत पूरा गर्न पाएन् ।
गरिबी र आर्थिक अभाबले सानै उमेरमा ब्यबसायमा लागेका उनले रोजीरोटीको समस्या नटरेपछि रोजगारीको खोजीमा २०६२ सालमा भारतको पन्जाब पुगे ।
परिवारको कान्छो सन्ताका रुपमा रहेका सक्सेनाको घरपरिवारको लालपालनको जिम्मेवारी थियो। उनका दाजु समेत रोजगारीको शिलसिलामा भारतमै थिए। फुलदेबको बाल्यकालदेखी नै ब्यबसायमा रुची थियो।
फुलदेब लामो समय देखि भारतको पंन्जाबमा रहेको होम पाइप बनाउने फ्याकट्रिमा काम गर्दै आएका थिए। रोजगारीका लागि भौतिक शरिर भारतमा भएपनि उनको मन र ध्यान भने आफ्नै गाउँ पखेरामा हुन्थ्यो ।
उनले काम गरिरहेको बेला दिपावली नजिकिदै थियो । दिपावलीमा कम्पनीले कामदारलाई लत्ताकपडा , मिठाई र चाड मनाउन घर जाने बिदाको समेत दियो।
उनी कम्पनीले बिदा दिएपछि दिपावली पर्व मनाउन नेपाल फर्र्किए। चार दिनको यात्रा पछि उनी नेपाल फर्किएका थिए।
घर फर्किएसंगै बाल्यकालमा संगै खेल्ने साथी साथी महेश सिंह र गाउँकै अमोद कुमार यादवसंग भेट् हुनथाल्यो । रोजगारी छाडेर नेपाल फर्किएको धरै समय हुदै थियो। कमाएर ल्याएको पैसा समेत सकिर्दै थियो ।
विदेशी भूमिमा खाएका दूख र हण्डर मानसपटलमा ताजै थियो । यसै क्रममा उनले आफ्नै गउँमा केही ब्यसाय गर्ने सोच बनाउदै थिए। त्यसै बेला गाउँघरमा गल्फ तिरका साउदी अरब, कतार, मलेसिया लगायतका देशहरुमा जाने लहर नै चलेको थियो । वरिपरी छिमेकी साथी संगीहरुको लहैलहैमा उनी पनी खाडीमुलुक जाने योजना बनाए ।
गाउँमा ऋण सापटी लिएर केहि समयपछि उनी कतार पुगे । १० बर्ष पछि वैदेशिक रोजगारीबाट फर्किए पछि घरमा उनको बिहेको कुरा चल्दै थियो । उनी यतिबेला २५ बर्षको पुगेको थिए ।
उनले एक महिना भित्रमा बिवाह गरे । बिवाह पछि केही बर्ष उनले घरमै बिताए । पुनः वैदेशिक रोजगारीको लागि साउदी पुगे। साउदीमा केही बर्ष बिताउदा पनी उनको मन खुसी भएन । उनी फेरी गाउँमै फर्किए । केही ब्यवसाय शुरु गर्ने सोच बनाए ।
फुलदेब साथी संगी र आफन्तको सल्लहमा गाउँमै नमुना व्यावसायिक घास खेती शुरु गरे ।उनले शुरु गरेको सुपर नेपियर हाई बृड जातको घाँस खेतीले अहिले राम्रै आम्दानी दिन थालेको छ ।
एक कठ्ठा जग्गामा लगाइएको घाँस खरिद गर्न अहिले ब्यापारीहरु दिनहूँ धाउने गरेका छन्। ब्यवसायीकरुपमा शुरु गरेको घाँस खरिद गर्न ब्यपारीहरु आउने गरेको उनले बताए। ‘घाँस खरिद गर्न अहिले ब्यपारीहरु नियमित आउने गरेका छन्’ उनले भने । ‘एक कठ्ठा जग्गामा लगाइएको घाँसको ब्यपारीले ३ लाखमा खरिद गर्न चाहेका छन् ।’
बिदेशी भुमीमा बगाउने पसिना आफ्नै ठाउँमा बगाउने हो भने यही राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् फुलदेब। गाउँघरमा विभिन्न कृषिकर्मलाई व्यावसायिक रुपमा अगाडी बढाउने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी ।
उनले घाँसमात्र हैन, बाख्रा पालन,नगदे तरकारी खेती लगायतका ब्यवसाय समेत शुरु गरेका छन्।
Related