नेपालगञ्जका १६ वर्षीय किशोरमा कोरोना पुष्टि,संक्रमितको संख्या १०२ पुग्यो
"डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ "
तपाईको प्रतिक्रिया





कोरोनाभाइरस कोभिड– १९ संक्रमितको संख्या १०२ पुगेको छ ।पछिल्लोपटक नेपालगञ्जका १६ वर्षीय किशोरमा कोभिड– १९ पुष्टि भएको हो ।
शुक्रवार दिइएको जानकारीअनुसार थप ८ जना कोरोना संक्रमण निको भएपछि डिस्चार्ज भएका छन् ।विराटनगरमा उपचाररत ८ जना कोरोना मुक्त भएपछि डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ, तर त्यसमध्येका ३ जनामा पुन: कोभिड– १९ पोजेटिभ देखिएकाले अस्पताल फर्किएकाले कोरोना निको हुनेको यकिन संख्या २७ छ ।
Related