एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ सय ९१ पुग्यो
"कोरोना संक्रमण भुसको आगोझै दन्कन थाल्यो नेपालमा "
तपाईको प्रतिक्रिया





नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्।
जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ। नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ।
तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन्।
Related