• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अतिक्रमित भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता

"लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषय सेलाउन दिइने छैन, भूमि फिर्ता लिने अठोट "
  •    शुभेच्छा न्यूज  /६ जेष्ठ २०७७, मंगलवार १५:३३ ,  प्रकाशीत
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

    संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नसँगै भारतीय अतिक्रमणको पनि कडा शब्दमा जवाफ दिए ।

    सरकारले मंगलबार (हिजो) मात्र नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशन गर्ने निर्णय गरेको थियो । कतिपयले सरकारले नक्सा त छाप्छ, भूमि के गर्छ ? भनेर प्रश्न उठाइरहँदा उनले भूमि पनि फिर्ता ल्याइछाड्ने दाबी गरे ।

    “नयाँ नक्सा पारित भइसकेको छ । अब प्रकाशित हुन्न्छ । हामी ठोस रूपमा कूटनीतिक प्रयास लिनेछौं । त्यो भूभाग समेटेर नयाँ नक्सा तयार गर्नेछौं,” उनले भने, “हाम्रो भूमि बेकारको अकुपाई गरेर आफ्नो बनाएको छ ।

    यो विषय सेलाउन दिइने छैन । कूटनीतिक पहलबाट फिर्ता ल्याइनेछ । अब लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषय सेलाउन दिइने छैन, भूमि फिर्ता लिने अठोटका साथ यो अगाडि बढाइनेछ ।”

    संसदको रोस्टममा उभिएर बोल्दा–बोल्दै स्वास्थ्यमा समस्या भएपछि बसेर बोलेका प्रधानमन्त्री ओली त्यतिमै रोकिएनन् । उनले भारतको प्रतीक चिह्नमाथि टिप्पणी गर्दै भारत सत्यमेव जयते कि सिंहमेव जयते ? भन्दै प्रश्न पनि गरे ।

    उनले आफुहरू सत्यमेव जयतेको पक्षमा भएको पनि बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.