गुल्मीका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको खबर बारम्बार आइरहँदा अस्पतालले भने उनी जीवित रहेको दाबी गरेको छ ।
सोमबार साँझ पनि उनको मृत्युका खबर सामाजिक सञ्जालमा आएपछि अस्पतालले विज्ञप्ति नै जारी गरेर मृत्युको खबर असत्य रहेको बताएको थियो ।
गुल्मीबाट उपचारका लागि आएका संक्रमित पुरुषको बुधबार मृत्यु भएको खबर केही सञ्चार माध्यममा आएपछि अस्पतालले संक्रमित पुरुषको मृत्यु नभएको भन्दै विज्ञप्ति निकालेको छ । उनको भेन्टीलेटरको सहायतामा उपचार भइरहेको र स्वास्थ्य स्थिति गम्भिर भएको बताएको छ ।
अस्पतालका सञ्चालक सुरज भट्टराईले बिरामीको मृत्यु खबर सत्य नभएको बताए । स्वास्थ्य निर्देशनालयका सूचना अधिकृत मानबहादुर वलीले पनि संक्रमितको उपचार भइरहेको बताए ।
यद्यपि, तिलोत्तमा नगर प्रमख बासुदेव घिमिर र मदाने गाउँपालिकाले पनि आफूहरूलाई अस्पतालले मृत्यु भएको खबर पठाएको बताएका थिए ।

Related